विश्व

चिनियाँ स्टेट काउन्सिलर नेपाल आउँदै

चिनीयाँ राष्ट्रपति सी चिनपफिङको नेतृत्वमा रहने ६ सदस्यीय स्टेट काउन्सिलका एक प्रभावशाली सदस्य सोङ थाओ यही आइतबार नेपाल आउँदै छन् ।  स्टेट काउन्सिलमा राष्ट्रपति सी, प्रधानमन्त्री ली खछ्याङ, विदेशमन्त्री वाङ यीलगायत हुनुहुन्छ । चिनीयाँ राष्ट्रपति सी जिन चिनफिङको नेपाल भ्रमण पूर्व चिनियाँ उच्च अधिकारीको भ्रमणले निरन्तरता पाएकोे छ ।  चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेको दुई हप्ताभित्रै चिनियाँ स्टेट काउन्सिलर नेपाल आउन लागेका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको… पुरा पढौ

मोदीको जन्मदिनमा सुदर्शन थिम

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आफ्नो जन्मोत्सव मनाइरहेका छन् । उनको जन्मदिनको महोत्सव उनीसंगमात्र सीमित छैन । भारतीय र सुभेच्छुक राष्ट्रहरुले पनि शुभकामना व्यक्त गरेका छन् । भारतमा एक मोदीप्रेमीले त अहिलेसम्मकै विश्वको ठूलो केट काट्दै छन् । त्यस्तै कसैले केक काटेर गरीवलाई बाँड्दै छन् । त्यस्तै बालुवामा आफ्नो कला देखाउने स्यान्ड आर्टिष्ट सुदर्शन पटनायकले खास शैलीमा मोदीलाई जन्मदिनको बधाई दिएका छन् ।  एबीपी न्यूजका अनुसार उनले स्वच्छता अभियान तथा… पुरा पढौ

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा उत्तर कोरियाले लगानीमा स्थापना भएका सम्पूर्ण उद्योगहरुको लगानी फिर्ता लैजान सरकारले उत्तर कोरियाली राजदूतावासलाई निर्देशन दिएको छ ।  संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि पारित गरेको निर्णय पालना गर्दै उद्योग बन्द गरी आगामी दुई महिनाभित्र लगानी फिर्ता लैजान सरकारले निर्देशन दिएको हो ।  आणविक हातहतियार र क्षेप्यास्त्र प्रक्षेपणमा उत्तर कोरियाको बढ्दो सक्रियतापछि सुरक्षा परिषद्ले २०५० वैशाख २९ मा सो मुलुकमाथि नाकाबन्दी लगाउने निर्णय गरेको थियो ।  तर, आणविक हातहतियारको… पुरा पढौ

भारतीय राष्ट्रपति कोविन्द ठूलो दुर्घटनाबाट जोगिए

भारतीय राष्ट्रपति रामनाथ कोविन्द चढेको विमान निकै ठूलोे दुर्घटनाबाट जोगिएको छ । युरोपियन मुलुकहरुको भ्रमणमा रहेका राष्ट्रपति कोविन्द चढ्दै आएको एयर इन्डियाको विमानमा एक्कासि राडार फल्टको समस्या देखिएसँगै विमान अवतरण गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । विमानमा समस्या देखिएको बेला राष्ट्रपति कोविन्द स्विट्जरल्यान्डको ज्युरिख जाने क्रममा रहेका थिए । तत्कालका लागि ३ घण्टा उडान भर्न सक्षम भएपनि विमानमा एक्कासि समस्या देखिएको थियो । राडार फल्टलाई उडान जगतमा निकै खतरनाक समस्याका… पुरा पढौ

मोदीको जन्मदिनमा विश्वकै कीर्तिमानी केक काटिँदै

 भारतीय प्रधानमन्त्री नरेन्द्र जन्मदिनमा सात हजार किलोको सात सय फिट लामो केक काटिने भएको छ । उक्त केकले विश्व कीर्तिमान नै राख्ने दावी गरिएको छ ।  मंगलबार १७ सेप्टेम्बरमा नरेन्द्र मोदी ६९ वर्षमा हुँदैछन् । भारतको सुरतका ब्रेडलाइनर बेकरीका मालिक नितिन पटेलले उक्त केक काटेर प्रधानमन्त्रीको जन्मदिन मनाउने बताएका छन् ।  भारतीय संचारमाध्यमका अनुसार सुरतको सरसाना कन्क्वेशन सेन्टरमा सहरका ७०० इमानदार मानिसलाई राखेर केक काटिने छ ।  उक्त केक काट्नुको… पुरा पढौ

पर्यटक सवार डुंगा डुब्दा १२ जनाको मृत्यु

भारतस्थित आन्ध्रप्रदेशको पूर्वी गोदावरी जिल्लामा पर्यटक सवार डुंगा डुबेर कम्तीमा १२ जनाको मृत्यु भएको छ ।  गोदावरी नदीमा भएको उक्त दुर्घटनामा परी ३१ जना बेपत्ता भएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार ९ क्रु मेम्बर र ५१ पर्यटक सवार उक्त डुंगा दुर्घटनामा परेको हो ।  दुर्घटनामा परेका १७ जनालाई बचाइएको छ । डुंगा प्रमुख पर्यटन स्थल पापीकोंडालुबाट अगाडि बढ्दै गर्दा कच्छलुरुको नजिक डुबेको हो ।  सरकारले बेपत्ताहरुको खोजीका लागि हेलिकोप्टरको मद्धत… पुरा पढौ

ड्रोन आक्रमणबाट तेल प्रशोधन केन्द्रमा आगलागी

साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ।  शनिबार बिहान सबेरै साउदी अरबको राजधानी रियादबाट करिब ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र खुराइजमा रहेका विशाल तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको छ। सरकारी समाचारमाध्यमहरूका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन् । यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर विगतमा भएका यस्ता आक्रमणका लागि इरान निकट यमनका… पुरा पढौ

अफगानिस्तानमा ४१ लडाकूद्धारा आत्मसमर्पण

अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष ४१ तालिबान लडाकूहरुले आत्मसमर्पण गरेका छन्। देशको उत्तरी प्रान्त तखारमा लडाकूहरुले आत्मसमर्पण गरेका गृह मन्त्रालयद्वारा शनिबार जानकारी दिएका छन्। स्थानीय नेता र जिल्लाका प्रहरीको पहलमा तखार प्रान्तको वार्साज जिल्लामा ती लडाकूहरुले सरकारी सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका हुन,” मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ। आफूहरुसँग भएको हातहतियार पनि उनीहरुले सुरक्षा अधिकारीहरु बुझाएका जारी वक्तव्यमा जनाइएको छ।  ती तालिबान लडकूहरु छिमेकीमा पर्ने बादख्शान प्रान्तको कुरान वा मुन्जान जिल्लामा पनि सक्रिय रहेका… पुरा पढौ

बाख्रा प्रहरी हिरासतमा, जरिवाना तिरेर छुटाइयो

भारतको  तेलंगना राज्यमा दुई बाख्रालाई प्रहरी हिरासतमा लिएको छ। बाख्राहरुले अस्पताल परिसरको भर्खर रोपिएका बिरुवा खाईदिएको आरोप थियो। रुख बचाऔं अभियानका कार्यकर्ताहरुले चरिरहेका बाख्रालाई समातेर प्रहरीमा बुझाएका थिए। उनीहरुले रोपेका बिरुवा बाख्राले खाईदिएको थियो। प्रहरीले बाख्रा मालिकसँग रु १ हजार ६०० जरिवाना तिराएर बाख्रलाई छाडेको थियो। बाख्रा मालिकलाई आफ्ना बाख्राहरु सम्हालेर राख्न प्रहरीले सुझाव दिएको छ। सेव द ट्रिज आयोजनाका १ सय ५० बिरुवा बाख्राले खाईदिए पछि उक्त संस्थाका कार्यकर्ताहरुले… पुरा पढौ

राहुल गान्धीले किन गरे बैठक बहिष्कार ?

भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले बोलाएको महत्वपूर्ण र निर्णायक मानिएको बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धी अनुपस्थित भएका छन् । बैठकका लागि उनलाई बोलाइएको र स्मरण गराइएको भएपनि उनी उपस्थित नहुनु भएको नेताहरूले जानकारी दिएका छन् ।  सन् २०१७ मा पार्टी अध्यक्ष बन्नुभएका राहुलले केही महिना अगाडि भएको निर्वाचनमा पार्टीको नराम्रो पराजय भएपछि नैतिकताको आधारमा पार्टी अध्यक्षबाट राजिनामाको घोषणा गरेका थिए । उनलाई पार्टीका धेरै नेता तथा कार्यकर्ताहरूले राजिनामा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं