बाख्रा प्रहरी हिरासतमा, जरिवाना तिरेर छुटाइयो

भारतको  तेलंगना राज्यमा दुई बाख्रालाई प्रहरी हिरासतमा लिएको छ। बाख्राहरुले अस्पताल परिसरको भर्खर रोपिएका बिरुवा खाईदिएको आरोप थियो।

रुख बचाऔं अभियानका कार्यकर्ताहरुले चरिरहेका बाख्रालाई समातेर प्रहरीमा बुझाएका थिए। उनीहरुले रोपेका बिरुवा बाख्राले खाईदिएको थियो।

प्रहरीले बाख्रा मालिकसँग रु १ हजार ६०० जरिवाना तिराएर बाख्रलाई छाडेको थियो।

बाख्रा मालिकलाई आफ्ना बाख्राहरु सम्हालेर राख्न प्रहरीले सुझाव दिएको छ।

सेव द ट्रिज आयोजनाका १ सय ५० बिरुवा बाख्राले खाईदिए पछि उक्त संस्थाका कार्यकर्ताहरुले यस्तो जुक्ती लगाएका हुन्।

भारतमा जनावरलाई प्रहरीले हिरासतमा लिन पाउन्न तर मान्छेलाई अफठ्यारो परेमा प्रहरीले जनावर मालिकलाई सम्झाउन सक्छ।

बाख्रा मालिकलाई सम्झाउने उद्देश्यले जरिवाना गरिएको प्रहरीको भनाई रहेको छ। राम्रो काम गरिरहेकाहरुलाई सहयोग गर्नु प्रहरीको कर्तव्य पनि हो।