विश्व

अल्जेरियाको पूर्व राष्ट्रपतिका भाइलाई १५ वर्षको जेल

अल्जेरियाको सैनिक अदालतले पूर्व राष्ट्रपति अब्देलाजिज बौतेलिफाका भाइलाई १५ वर्षको जेल सजाय दिएको छ ।     सन् २०१३ मा राष्ट्रपति बौतेलिफालाई हृदयाघात भएर सख्त बिरामी भएपछि उनका भाइ सइद बौतेलिफाले राज्यका सम्पूर्ण कामकारबाही सम्हालेका थिए। सइद बौतेलिफा सहित गुप्तचर निकायका दुई जना पूर्व प्रमुखलाई सुनुवाईका लागि सोमबार सैनिक अदालतमा पेश गरिएको थियो।      झण्डै दुई दशक सत्तामा रहेका पूर्व राष्ट्रपति बौतेलिफाको शासनकालमा भएका भ्रष्टाचार र शक्तिको दुरुपयोगका बारेमा हाल अल्जेरियाका विभिन्न… पुरा पढौ

काश्मिरमा आएको भूईचालोमा ५ को मृत्यु, ५० भन्दा बढी घाइते

पाकिस्तानको क्षेत्र काश्‍मीरमा ६.३ म्‍याग्निच्यूडको भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ भने ५0 जना घाइते भएका छन्। पाकिस्ताको राजधानी इस्लामाबादबाट १३४ किलोमिटरको दूरीमा पाकिस्तान अधिकृत क्षेत्र काश्मीरको मीरपुर केन्द्रविन्दु भएको भूकम्प गएको भारतीय तथा पाकिस्तानी सञ्‍चारमाध्‍यमहरुले जनाएका छन्। पुरा पढौ

हवाई कारबाहीमा ३० लडाकू मारिए

अफगानिसतानको उत्तरी प्रान्त बादख्शानको राघिस्तान जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा परी कम्तीमा ३० लडाकू मारिएका छन् । सो हवाई कारबाहीमा तालिबान लडाकू समूह लुकेर बसेका तीन ओटा बासस्थान र हातहतियार ध्वस्त भएको जनाइएको छ । विगत दुई सातामा बादख्शान प्रान्तको तीनवटा जिल्ला गुमाएका तालिबान लडाकू समूह यस कारबाहीको कुनै टिप्पणी गरेका छैनन् । पुरा पढौ

पत्नीको सुत्केरी खर्च तिर्न नसकेपछि ससुरालीमा छोरा बन्धक !

छोरीको सुत्केरी खर्च ज्वाइँले तिर्न सकेन भनेर नातिलाई बन्धक बनाइएको घटना सुन्दैमा पत्यार नलाग्न सक्दछ । तर भारतको हरियाणामा यस्तो घटना भएको छ । हरियाणाको फतेहावादमा बस्ने एकजना युवकले आफ्नो छोरालाई ससुरालीले बन्धक राखेको भन्दै प्रशासनमा धर्ना दिएका छन् । पत्नी सुत्केरी हुँदा ससुरालीले डेढ लाख भारु खर्च गरेको र सोही रकम चुक्ता गर्न नसक्दा आफ्नो छोरालाई ससुरालीले बन्धक बनाएको उनको दाबी छ । प्रशासन कार्यालयको गेटमा धर्नामा बसेका सुरज… पुरा पढौ

विक्रम ल्याण्डरसँग सम्पर्क पुनःस्थापित हुने सम्भावना अन्त्य

चन्द्रमाको सतहमा अवतरण गर्ने क्रममा सम्पर्क टुटेको विक्रम–ल्याण्डरसँग सम्पर्क स्थापित गर्ने समय सकिएको छ । विक्रम–ल्याण्डर र त्यसमा रहेको प्रज्ञान रोभरको समय १४ दिन मात्र थियो । शनिबार विक्रम–ल्याण्डर चन्द्रमाको धरातलमा अवतरणका क्रममा सम्पर्क विच्छेद भएको १४ दिन पुगेको छ ।  प्रज्ञान नामको रोभर बोकेको विक्रम ल्याण्डर सेप्टेम्बर ७ मा चन्द्रमाको सतहभन्दा २.१ किमिमाथि सम्पर्कविच्छेद भएको थियो । विक्रम ल्याण्डरलाई भारतको महत्त्वकाँक्षी चन्द्रयान–२ अभियानले चन्द्रमाको कक्षमा पुर्याएको थियो । सम्पर्क… पुरा पढौ

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पपछि सुनामीको चेतावनीको सुचना भने जारी नगरिएको मौसमविज्ञान र भूभौतिक निकायले जानकारी दिएका छन् ।  यस भूकम्पलाई शुरुमा ५.६ म्याग्निच्युड भएको जनाइएको थियो । तर केही समयपछि सो रिपोर्टलाई  अपग्रेड गरिएको सो निकायका अधिकारी अल्फाथ अबुबाकरले सिन्ह्वा समाचार समितिलाई टेलिफोनमार्फत जानकारी दिएका छन्  ।  यस भूकम्पपछि मानवीय र  सम्पत्ति क्षतिलगायत अन्य विस्तृत प्राप्त नभएको सम्बन्धित अधिकारीहरुले… पुरा पढौ

अक्षयकुमार रेलमा सररर….

बलिउड नायक अक्षय कुमारले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेका छन् जसमा उनी मुम्बई मेट्रोमा यात्रा गरिरहेको देख्न सकिन्छ । अक्षय कुमार यो आफ्नो यात्राको लागि निकै उत्साहित देखिएका छन् । भिडियोको क्याप्सनमा उनले लेखे, ‘आजका लागि मेरो राइड मुमबई मेट्रो । घाटकोपरदेखि वर्सोवासम्म ट्राफिकलाई पार गर्दै एउटा बोससँग यात्रा गर्यौं ।’ भिडियोमा अक्षय कुमार भनिरहेका छन्, ‘म यतिबेला मेट्रोमा छु । चुपचाप यहाँ आएको छु । म घाटकोपरमा… पुरा पढौ

ट्रम्पका नयाँ सुरक्षा सल्लाहकार को हुन् ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन्। केही दिन अगाडि तत्कालीन सुरक्षा सल्लाहकारलाई हटाएपछि खाली भएको ठाउँमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गरेका हुन्। “मैले रोबर्टसँग लामो समय कडा काम गरेको छु, आशा छ अहिले पनि उहाँले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुहुनेछ,” रोबर्टलाई नियुक्त गरेपछि ट्रम्पले ट्वीटरमा लेखेका छन्।  गत हप्ता ट्रम्पले तत्कालीन सुरक्षा सल्लाहकार जोन बोल्टनलाई जिम्मेबारीबाट हटाएका थिए। राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफूले नियुक्त… पुरा पढौ

भारतमा इ-सिगरेट प्रतिबन्धित

भारतमा इ–सिगरेटमाथि प्रतिबन्ध लगाइएको छ । वित्तमन्त्री निर्मला सीतारमणले बुधबार बसेको मन्त्रिपरिषदको बैठकले इ–सिगरेटमाथि प्रतिबन्ध लगाएको बताइन् ।  उनले एक रिपोर्टलाई आधार बनाएर इ–सिगरेटका चार सय ब्राण्ड र १५० फ्लेभर रहेका छन् । इ–सिगरेट भारतमा बन्दैन ।  नरेन्द्र मोदी सरकारको भनाइमा युवा तथा बच्चालाई कुनै लत लगाउनु अघि नै इ–सिगरेटमाथि प्रतिबन्ध लगाइएको हो ।  भारतमा यसको बिक्री कम रहे पनि बिस्तारै यसको लत बढेको रिपोर्ट सार्वजनिक भएको छ । यसका… पुरा पढौ

अमेरिका जान लागेका मोदीलाई हवाई मार्ग प्रतिवन्ध ! यस्तो छ कारण

अमेरिका भ्रमणमा जान लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानले आफ्नो हवाई मार्ग प्रयोग गर्न नदिने बताएको छ।  संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन यहि २१ सेप्टेम्वरमा अमेरिकामा जान लागेका मोदीलाई आफ्नो हवाई मार्ग प्रयोग गर्न नदिने पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेशीले जनाएका हुन्।  अमेरिकामा रहँदा मोदीले राष्ट्रसंघीय महासभामा भाग लिनुका अतिरिक्त हाउडी मोदी नामक कार्यक्रममा भारतीय नागरिकहरुलाई सम्वोधन समेत गर्दैछन। सो कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागि हुँदैछन्।  यसअघि युरोप भ्रमणमा गएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं