काश्मिरमा आएको भूईचालोमा ५ को मृत्यु, ५० भन्दा बढी घाइते

पाकिस्तानको क्षेत्र काश्‍मीरमा ६.३ म्‍याग्निच्यूडको भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ भने ५0 जना घाइते भएका छन्।

पाकिस्ताको राजधानी इस्लामाबादबाट १३४ किलोमिटरको दूरीमा पाकिस्तान अधिकृत क्षेत्र काश्मीरको मीरपुर केन्द्रविन्दु भएको भूकम्प गएको भारतीय तथा पाकिस्तानी सञ्‍चारमाध्‍यमहरुले जनाएका छन्।