सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा प्रधान सेनापति बेपत्ता

ताइवानमा बिहीबार बिहान सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा त्यहाँका प्रधान सेनापति बेपत्ता भएका छन्।

ताइवानी रक्षा मन्त्रालयका अनुसार उनीसहित १३ जना सवार ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण गरिएको हो।

वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङ हेलिकोप्टर चढेर उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए। त्यस क्रममा हेलिकप्टर आकस्मिक अवतरण गरिँदा उनी बेपत्ता भएको एजेन्सीले जनाएको छ।

हेलिकप्टरमा सवार केहीलाई जीवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङसहित ३ जना बेपता रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।