अमेरिकाको विशेष सुरक्षा फौजको आक्रमणमा परी इरानका एक जना बरिष्ठ कमाण्डर मारिएको बताइएको छ ।
बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख कासिम सोलेमानी मारिएको अमेरिकी रक्षा विभागले जनाएको छ ।राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा सोलमानी मारिएको अमेरिकी रक्षा विभागले उल्लेख गरेको छ ।
हवाई आक्रमणमा परेर हिजबुल्लाका कमाण्डर अबु महदी अल मुहादिस समेत मारिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
इराकस्थित अमेरिकी दूतावासमा केहीदिन पहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई “ठूलो मुल्य चुकाउनु पर्ने” चेतावनी दिएका थिए । इरानले पनि सोलेमानीलाई अमेरिकी सेनाले हेलिकोप्टरबाट आक्रमण गरेर मारेको जनाएको छ ।




