हेलिकप्टर दुर्घटनामा प्रधानसेनापतिसहित ८ को मृत्यु

ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा बेपत्ता भएका भनिएका सेनापतिसहित ८ जनाको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रधानसेनापति सेन यी मिङसहित १३ जना सवार ब्ल्याक हक हेलिकोप्टरमा समस्या आएपछि बिहीबार उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरणको क्रममा दुर्घटना भएको थियो ।

हेलिकोप्टरमा सवार ५ जनाको भने जीवितै उद्धार गरि उपचार भइरहेको रक्षा मन्त्रालयले जनाएको छ।

उनी उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न जाँदै थिए।

जनवरी ११ मा संसद र राष्ट्रपतिको चुनाव हुन लागेको ताइवानमा मतदानको एक साताअघि यो दुर्घटना भएको हो।