गोली लागेका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।

चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो ।   बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् ।

गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी ६७ वर्षका थिए।

उनलाई तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो ।