ताजा समाचार

विश्व

ट्वीटरले लगायो यस्तो प्रतिबन्ध, मच्चियो हलचल

सामाजिक सञ्जाल ट्वीटरले हलचल मच्याउने गरी निर्णय गरेको छ । ट्वीटरले राजनीतिक विज्ञापनलाई पूर्ण रुपले प्रतिबन्ध लगाउने निर्णय गरेसंगै हलचल मच्चिएको हो । ट्वीटरका सीइओ ज्याक डोर्सीले ट्वीटरलाई राजनीतिक विज्ञापनको माध्यम बन्न नदिने बताएका छन् ।  उनले इन्टरनेटमार्फत गरिने विज्ञापन निकै प्रभावककारी हुने र यो व्यापारका लागि ठीक भए पनि राजनीतिमा यसले ठूलो जोखिम ल्याउने तर्क गर्दै अब यस्तो गर्न नदिने बताएका हुन् ।  विकसित मुलुकहरुले सामाजिक संजाललाई प्रचारप्रसारको मुख्य… पुरा पढौ

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफको स्वास्थ्य अवस्था ‘चिन्ताजनक’

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफका डाक्टरले उनको स्वास्थ्य अवस्था ‘चिन्ताजनक’ रहेको बताउँदै उनी जीवनका लागि संघर्षरत रहेको जानकारी दिएपछि पाकिस्तानको एक अदालतले सरिफको सजायलाई अस्थायी रुपमा निलम्बन गरेको छ । ६९ वर्षीय शरिफको लाहोरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । भ्रष्टाचारको आरोपमा उनलाई गत वर्ष जेल चलान गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि अदालतले उनलाई अनिश्चितकालिन जमानत दिएको थियो । मङ्गलबार इस्लामाबादको अदालतले उनको सात वर्षको जेल सजायमा… पुरा पढौ

मोदीदेखि कोहलीसम्मलाई ज्यानको खतरा !

भारतका शीर्ष व्यक्तित्वहरुमाथि ज्यानको खतरा रहेको बताइएको छ । भारतीय समाचार एजेन्सीका अनुसार राष्ट्रिय जाँच एजेन्सी (एएनआई) लाई आएको एक पत्र अनुसार सबैजसो शीर्ष व्यक्तित्वहरुलाई खतरा रहेको हो ।  राष्ट्रपति रामनाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई समेत आतंकवादी हमला हुन सक्ने भन्दै सुरक्षा बढाइएको छ ।  दिल्ली पुलिसले भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी, भाजपाका कार्यकारी अध्यक्ष जेपी नइडा लगायतलाई पनि ज्यानको… पुरा पढौ

बेलायतमा डिसेम्बर १२ मा संसदीय चुनाव

ब्रेक्जिट विवादमा फसेको बेलायतमा अन्ततः नयाँ मध्यावधि निर्वाचन गर्ने सहमति भएको छ । विपक्षी लेबर पार्टीले विरोध नगरेपछि  डिसेम्बर १२ का दिन संसद्को तल्लो सदन हाउस अफ कमन्सको निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्ताव पारित भएको द वासिङटन पोस्टको अनलाइन संस्करणमा जनाइएको छ ।  सन् २०१६ मा भएको जनमत संग्रहमा झिनो मतले युरोपेली युनियनबाट बाहिरिने निर्णय भएपछि बेलायतमा राजनीतिक गतिरोध कायम रहेको छ । विपक्षी लिबरल डेमोक्र्या्टिक पार्टीलगायतले भने नयाँ… पुरा पढौ

८८ फिट गहिरो खाडलमा खसेका बालक बचाउन मोदीको ट्वीट

तमिलनाडुको त्रिची शहरको नाडुकाटुपत्ती गाउँमा दुई वर्षको बालक बोरवेलमा खसेका छन् । शुक्रबार साँझ बोरवेल (पानीका लागि खनेको गहिरो खाडल) मा खसेका सुजित विल्सनको उद्दार प्रयास जारी छ । शुक्रबार साँझ ६ बजेबाट नै उद्दार प्रयास सुरु भएको थियो । पहिले अक्सिजनको सप्लाइ दिइयो । नेशनल डिजास्टर रेस्पोन्स फोर्सले बच्चाको स्थिति अनुगमन गर्न सीसीटीभी क्यामेरालाई पनि बोरवेलमा राखेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै सुजितको उद्दार सफलताका लागि… पुरा पढौ

मोदीले फेरि पनि पाएनन् हवाईमार्ग

प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरब भ्रमणको क्रममा पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न दिन भारतले गरेको आग्रह पाकिस्तानले अस्वीकार गरेको छ । आइतबार पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले भारतको आग्रहलाई अस्वीकार गरेको जानकारी दिएका हुन् । उनले भने, ‘२७ अक्टुबर कश्मीरको लागि कालो दिन हो । हामीले कश्मीरमा भएको मानवअधिकार उल्लंघनलाई हेरेर भारतको अनुरोध अस्वीकार गरेका छौं ।’ कुरैशीका अनुसार पाकिस्तानस्थित भारतीय दूतावासलाई त्यसको जानकारी दिइसकिएको छ । पाकिस्तानले भारतीय प्रधानमन्त्री… पुरा पढौ

वेल्जियममा पहिलो पटक महिला प्रधानमन्त्री

ब्रसेल्स- बेल्जियमकी अर्थ तथा बजेट मन्त्री सोफी विल्मस् त्यहाँको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहास रच्न सफल भएकी छिन् । नरम दक्षिणपन्थी धार बोकेको मुभ्मेन्ट रिफरम्याटर पार्टीकी नेत्री विल्मसलाई देशको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा चुनिएकी हुन् ।  अक्टुबर २०१४ देखि सोफी विल्म्सको एमआर पार्टी मिशेल सरकारको हिस्साको रूपमा गठबन्धनमा थियो । बेल्जियमका निवर्तमान प्रधानमन्त्री चार्ल्स मिशेललाई समर्थन गरेको थियो । अहिले पनि उनीहरुकै समर्थनमा सोफी प्रधानमन्त्री बनेको बताइन्छ । उहाँलाई ४४ बर्षका… पुरा पढौ

धारिलो हतियारले काटेर ३ नेपाली मजदूरको हत्या

भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका  २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बोहराले बताए। उनले भने, “उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ”, हरे र बीरा सहदोर भाइ… पुरा पढौ

अपहरणमा परेका ४४ जना सुरक्षाकर्मीको हत्या !

म्यानमारका रखाइन विद्रोहीद्वारा शनिबार अपहरण गरेका केही सुरक्षाकर्मीलाई उक्त समूहले हत्या गरेको सेनाले जनाएको छ । तर विद्रोहीले उनीहरूको मृत्युमा सरकारी सुरक्षाकर्मी दोषी रहेको जनाएको छ । रखाइन बुद्धमार्गी म्यानमारी आराकन सशस्त्र समूह स्वायत्तताका लागि आन्दोलनरत रहेको छ ।  म्यानमारको जातीय रखाइन विद्रोही समूहले शनिबार देशको पश्चिमी क्षेत्रबाट ४० भन्दा बढी सुरक्षाकर्मीलाई अपहरण गरी लगेका सेनाले जनाएको थियो । सरकारी सेनाले स्थानीय आराकन सैनिक विद्रोहीका गतिविधि नियन्त्रणका लागि हजारौँको सङ्ख्यामा… पुरा पढौ

डोनाल्ड ट्रम्पको घोषणा : आईएस प्रमुख बगदादी मारिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबू बकर अल बग्दादी मारिएको दाबी गरेका छन् । आइतबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकी सेनाको एउटा अपरेसनमा बग्दादी मारिएको दाबी गरेका हुन् । यसभन्दा अघि ट्रम्पले आइतबार ट्वीटमा गर्दै ‘केही ठूलो कुरा भयो’ भनेका थिए । बग्दादी इस्लामिक स्टेटका प्रमुख हुन् र पछिल्लो पाँच वर्षदेखि अण्डरग्राउण्ड थिए । अप्रिलमा आईएसको मिडिया विंग अल फूरकानले जारी गरेको भिडियोमा उनी जिवित रहेको दाबी गरिएको थियो… पुरा पढौ