नेपाल पत्रकार महासंघ, युरोप शाखा अध्यक्षमा खातिको उम्मेदवारी

नेपाल पत्रकार महासंघ युरोप शाखाको अासन्न निर्वाचनका लागि अध्यक्ष पदमा पत्रकार महेश कुमार खातिले उम्मेदवारी घोषणा गरेका छन् ।

अाफु अध्यक्षमा उठ्न लागेको घोषणा अाफ्नो फेसबुक मार्फत शुक्रवार सार्वजनिक गरेका हुन् । ‘पत्रकारिता आफैमा परिवर्तनको संवाहक हो र पत्रकारिताले परिवर्तनको आवाज उठाउँछ । अवकाे नया कार्यसमितिमा म अध्यक्षमा उठ्छु ।’ खातिले लेखेका छन् ।

हाल महासघकाे सचिव मेत रहेका खातिले युराेपमा नेपाली पत्रकारिताकाे श्रीवृद्दि गर्न अाफु लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । सबै अग्रज र समकालीन साथीहरु सबै मिलेर अघि बढ्न र युरोपमा कार्यरत पत्रकारलाई गोलबन्द बनाई संस्थागत हितलाई प्रबन्धन गरि अगाडी बढाउन प्रयत्न गर्ने जनाएका छन् ।

निर्वाचनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समित केन्द्रीय प्रतिनिधि चिरन शर्मा, निर्वाचन समितिका संयोजक राजेश चाम्लिङ राई र सदस्यहरु, प्रर्यवेक्षक नरेश खपांगी मगरलाइ जिम्मेवारी दिइएको छ ।