अमेरिकी पहिलो महिला उपराष्ट्रपति बनिन् कमला ह्यारिस

अमेरिकाको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपति बनेकी छिन् कमला ह्यारिस ।

राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जो बाइडनले उपराष्ट्रपति पदमा भारतीय जमैकन मुलकी कमला ह्यारिसलाई उम्मेदवार बनाएका थिए । कमलाले अमेरिकी राजनीतिमा नयाँ इतिहास लेखेकी छन् ।

कमला अमेरिकी उपराष्ट्रपति बन्ने पहिलो अश्वेत, एशियाली अमेरिकी महिला हुन् । अमेरिकी उपराष्ट्रपति निर्वाचनमा यस अघि दुई महिला उम्मेदवार सारह पालिन र गेराल्डीन फेरारो बने पनि उनीहरु ह्वाइटहाउसमा जान भने पाएका थिएनन् ।

को हुन् कमला ह्यारिस ?

५५ वर्षीय कमला अहिले क्यालिफोर्नियाबाट अमेरिकी सिनेटर छिन् । कमलाले डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवार बन्ने दौडमा बाइडेनलाई चुनौती दिएकी थिइन् ।

राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएपछि नै उनको नाम उपराष्ट्रपति पदका लागि चर्चामा थियो । उनी क्यालिफोर्नियाको पूर्व महान्यायाधिवक्तासमेत हुन् ।

उनका आमा बुबा आप्रवासीको रुपमा अमेरिका गएका थिए । उनकी आमाको जन्म भारतमा भएको हो भने बुबा जमैकन हुन् । उनको जन्म सन् १९६४, अक्टोबर २० मा ओकल्याण्ड, क्यालिफोर्नियामा भएको हो ।

उनकी आमा श्यामला गोपालन सन् १९६० मा भारतको तमिलनाडुबाट उच्च शिक्षाको लागि अमेरिका गएकी थिइन्, उनी स्तन क्यान्सरसम्बन्धि वैज्ञानिक हुन् । कमलाको बुबा स्ट्यानफोर्ड विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् ।

ह्यारिसको एक बहिनी छिन् उनको नाम माया ह्यारिस । उनी सात वर्षको हुँदा आमाबुबाको डिभोर्स भयो र उनी छुट्टिको समयमा आफ्नो बुबालाई भेट्न जाने गर्थिन् । उनी कालो वर्णको भएको कारण अन्य अभिभावकले आफ्ना बालबालिकालाई उनीसँग खेल्न रोक लगाउने गर्दथे । उनी १२ वर्षको हुँदा आफ्नो आमासँग क्यानाडा गईन्, त्यहाँ उनि वेस्ट मन्ट हाइस्कुलको लोकप्रिय विद्यार्थी थिइन् । उनले आफ्नो क्यूबेक स्नातक त्यहि विद्यालयबाट पुरा गरिन् ।

उनले आफ्नो उच्च शिक्षा हावार्ड विश्वविध्यालयबाट पूरा गरेकी हुन् । सन् १९८६ मा वाशिंगटन, डीसी मा रहेको हावार्ड विश्वविद्यालयबाट उनले पोलिटिकल साइन्स र इकोनोमिकबाट स्नातकोत्तर पूरा गरिन् ।

उनले क्यालिफोर्नियाको सिनेटर एलन क्र्यानस्टनमा इन्टर्नको रुपमा काम शुरु गरिन् । सन् १९८९ मा उनले क्यालिफोर्नियाको हास्टिंग कलेज अफ ल बाट पीएचडी पूरा गरिन् ।

सन् १९९० मा उनले बारको परिक्षा पास गरिन् र स्टेट बार अफ क्यालिफोर्नियामा भर्ना भईन् । सन् १९९४ मा उनको क्यालिफोर्नियाका नेता तथा राज्य विधानसभाका प्रवक्ता विलि ब्राउनसँग प्रेम सम्बन्ध थियो । विलि उनीभन्दा ३० वर्ष जेठा थिए ।

सन् १९९५ मा ब्राउन सान फ्रान्सिस्कोका मेयरमा निर्वाचित भए तर डिसेम्बरमा ह्यारिस र ब्राउनको सम्बन्ध टुंगियो ।

सन् २००४ मा उनको अहिलेसम्मको सबैभन्दा विवादित निर्णय थियो । उनले सान फ्रान्सिस्कोमा हत्या गरिएका प्रहरी आइज्याक एस्पिनोजाको दोषीलाई मृत्युदण्ड नदिने निर्णय गरेकी थिइन् ।

उक्त प्रहरीको अन्तिम बिदाईको क्रममा सांसद डेनिन फेन्सटिनले उनको निर्णयप्रति आलोचना गरेका थिए । एकपटक उनी अभिवक्ताको रुपमा काम गर्दा एक विशेषज्ञले डीए ल्याबबाट कोकेन चोरेको मुद्धाले उनि अप्ठ्यारोमा परेकी थिइन् । प्रमाणको गलत प्रयोग भएको र उनले त्यस कुरा डिफेन्सलाई भन्न बिर्सेको कारण हजारौं ड्रग्स सम्बन्धि मुद्धा छाड्नुपरको थियो । उनले सन् २००४ मा पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई राष्ट्रपति चुनावमा सहयोग गरेकी थिइन् ।

सन् २०१३ मा राष्ट्रपति बाराक ओबामाले उनलाई देशको सबै भन्दा राम्रो महान्यायाधिवक्ता रहेको बताएका थिए । पछि आलोचकहरुले त्यो असमानता भएको बताएपछि उनले माफी मागेका थिए ।

सन् २०१४ मा उनले कर्पोरेट अभिवक्ता डग एमहफसँग विवाह गरिन् । एमहफको पहिलाको श्रीमतीबाट दुईजना बच्चा छन् ।

उनले सन् २०१६ मा अमेरिकाको सिनेटमा चुनाव जितिन् उनले २० वर्षको राजनीतिक अनुभव भएकी डेमोक्रेट लोरेट्टा सान्च्जलाई हराएकी थिइन् ।

सन् २०१७ मा उनले महाधिवक्ता जेफ सेसन्सलाई रसिया अनुसन्धानको विषयमा प्रश्न गरेपछि भाइरल भएकी थिइन् । उनले सन् २०१९ मा आर्थिक कमजोरी र कम पोल नम्बरको कारण आफ्नो राष्ट्रपति चुनावको अभियान अन्त्य गरेकी थिइन् ।
स्रोत : एजेन्सीहरु