बिल गेट्सको सम्बन्धविच्छेद

विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ ।

विवाह भएको २७ वर्षपछि उनीहरुले सम्बन्धविच्छेद गरेका हुन् । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र मेलिन्डाले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका थिए ।

उनले लेखेका छन्, “लामो छलफलपछि हामीले हाम्रो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गर्यौँ । २७ वर्षमा आफ्ना तीन सन्तानलाई पालनपोषण गरेर ठूलो बनायौँ । हामीले विश्वभरका मानिसहरुको उत्कृष्ठ कामको लागि फाउन्डेशन पनि बनायौँ । हामी यो मिसनमा आगामी दिनमा पनि एकसाथ रहनेछौँ । तर, पति पत्नीको रुपमा भने एक साथ रहन सक्दैनौँ । त्यसैले नयाँ जीवन सुरु गर्न जादैछौँ ।”