अमेरिकी राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरुद्धको खोप

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन्।

फाइजरले उत्पादन गरेको खोपको पहिलो मात्रा उनले लिएका हुन्। आफूले खोप लगाएको दृश्य उनले टेलिभिजनमा प्रत्यक्ष प्रसारण गराएका छन्।

उनले भनेका छन्, ‘खोप सुरक्षित छ भनेर सबै अमेरिकीलाई आश्वास्त पार्न प्रत्यक्ष प्रसारण गरेको हुँ।’

अमेरिकी सञ्चारमाध्यमका अनुसार यसअघि बहालवाला उपराष्ट्रपति माइक पेन्स, सभामुख न्यान्सी बेलोसी लगायतले यो खोप लगाइसकेका छन्।