ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण भएको छ ।

मंगलबार बोल्सोनारो आफैंले यो सार्वजनिक गरेका हुन् । ‘सबैलाई थाहा थियो, ढिलोचाँडो यसबाट जनसंख्याको धेरै हिस्सा प्रभावित हुनेछन् । म पनि पोजेटिभ देखिएको छु,’ उनले भने । सोमबार कोभिड–१९ जाँच गराएका उनको रिपोर्ट पोजेटिभ आएको छ ।

यसअघि, कोरोन भाइरसलाई सामान्य फ्लु भन्ने उनी र्याली र सार्वजनिक कार्यक्रममा मास्कबिना नै सहभागी हुन्थे ।