रक्सीको सट्टा सेनिटाइजर खाँदा १० जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा ह्याण्ड सेनिटाइजर खाँदा कम्तीमा १० जनाको ज्यान गएको छ।

लकडाउनका बेला रक्सी पसल बन्द रहँदा लत लागेका व्यक्तिले सेनिटाइजर खाएका थिए । त्यसकै कारण कम्तीमा १० जनाको ज्यान गएको हो ।

कोरोना भाइरसका संक्रमितहरु बढेपछि आन्ध्र प्रदेशको कुरिचेदू गाउँमा लकडाउन लागु गरिएको थियो। सो गाउँमा व्यक्तिले रक्सी नपाउँदा सेनिटाइजरलाई पानी र अरु पेय पदार्थमा मिसाएर खाएको बिबिसीले उल्लेख गरेको छ।

भारतमा कोरोना भाइरसको संक्रमण अति तीव्र गतिमा बढ्दो क्रममा रहे पनि केन्द्र सरकारले लकडाउन खुलाएको छ। तर केही स्थानीय तहले लकडाउन कायम राखेका छन् ।