विश्व

विश्वकै कान्छी प्रधानमन्त्री आइसोलेसनमा

फिनल्यान्डकी प्रधानमन्त्री साना मरिन आइसोलेसनमा बसेकी छिन् । उनी कोरोना भाइरस संक्रमण भएको आशंकामा सेल्फ आइसोलेसनमा बस्न थालेकी हुन् । उनको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोभिड १९ देखिएको छ । उनको कार्यालयले जारी गरेको एक विज्ञप्तिले प्रधानमन्त्री मरिनको कोरोनाभाइरस संक्रमण परीक्षण भएको र उनले यसका कुनै लक्षण नदेखाएको जनाएको छ । यी ३४ वर्षे प्रधानमन्त्री गत वर्ष डिसेम्बरमा विश्वमा सबैभन्दा कान्छी प्रधानमन्त्री भएपछि चर्चामा आएकी थिइन् । पुरा पढौ

महासंकटमा अमानवीय बने ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको अनुदान बन्द गर्न निर्देशन दिएका छन्। कोरोना भाइरसको महामारी रोक्ने जिम्मेवारी निर्वाह गर्न डब्लुएचओ असफल भएको भन्दै ट्रम्पले यस्तो निर्देशन दिएका हुन् । कोरोना संक्रमण सुरु भएपछि डब्लुएचओ यसलाई नियन्त्रण गर्न नसकेको उनको आरोप छ । यसअघि उनले डब्लुएओ चीनकेन्द्रित भएको र चिनिया भाइरस भएको आरोप लगाएका थिए । कोरोनाबाछ अमेरिकामा २५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब… पुरा पढौ

अमेरिकी राष्ट्रपतिका साथीको कोरोनाबाट मृत्यु

अमेरिकाको न्युयोर्क सहरका प्रसिद्ध रियल स्टेट व्यवसायी स्टेन्ली चेराको कोरोना भाइरसबाट शनिबार मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथी उनी करिब ८० वर्षका थिए । उनी रिपब्लिकन पार्टी र ट्रम्पका प्रमुख दातामध्ये एक हुन्। मार्च २४ मा उनी अस्पताल भर्ना भएका थिए। पुरा पढौ

साउदी अरबका राजा आइसोलेसनमा, परिवारका १५० जनालाई संक्रमण

साउदी अरबका राजा सलमान र युवराज मोहम्मद बिन सलमान दुवै आईसोलेसनमा बसेका छन्। राजपरिवारका एक सय ५० सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ । रियादस्थित इलाइट किङ फैजल अस्पतालका चिकित्सकले राज परिवारलाई पाँच सय शैय्या तयार गर्न भनेको बताएका छन्। ८४ वर्षीय सलमान जेदाहस्थित एक टापुमा रहेको दरबारमा बसेका छन् भने युवराज मोहम्मद बिन सलमान ग्रामिण क्षेत्रमा छन्। साउदी राज परिवारमा १५ हजार सदस्य छन्। रियादका गभर्नर रहेका राजकुमार… पुरा पढौ

अमेरिकामा कोरोनाबाट फेरि नेपालीको मृत्यु

अमेरिकामा कोरोना संक्रमणका कारण अर्का नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमणपछि उपचारका लागि न्युयोर्कको क्विन्सको एक अस्पतालमा भर्ना भएका सोलुखुम्बुका ४४ बर्षीय ङिमा टेम्बा शेर्पाको उपचारकै क्रममा निधन भएको हो । स्थानीय समय अनुसार बुधबार वबहान ५ बजे उनको मृत्यु भएको अमेरिकामा रहेका पत्रकार गोकुल बानियाँले जनाएका छन् । गत मार्च २४ मा सोहि अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित ५० बर्षीय अनिल लिम्बुको मृत्यु भएको थियो । पुरा पढौ

कोरोनाबाट लिबियाका पूर्वप्रधानमन्त्रीको मृत्यु

लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरसबाट मृत्यु भएको छ । ६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो । उनी सन् २०११ मा लिबियाका शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका प्रमुख थिए । उनी दुई सातादेखि अस्पतालमा भर्ना भएका थिए । उनी मार्च २१ मा हृदयाघातको कारण अस्पतालमा भर्ना भएका थिए । त्यसको तीन दिनपछि उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । लिबियामा अहिलेसम्म १९… पुरा पढौ

बेलायती प्रधानमन्त्री आइसोलनपछि अस्पताल भर्ना

आइसोलेसनमा बासिरहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन्। कोरोना भाइरसको लक्षण देखिएको १० दिनपछि उनी अस्पताल भर्ना भएका हुन् । उनलाई आइतबार अस्पताल साँझ लन्डन अस्पतालमा भर्ना गरिएको हो। मार्च २७ मा बेलायती प्रधानमन्त्री जोनसनलाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक भएको थियो। त्यसयता उनी निवासमै बसेर काम गर्दै आइरहेका थिए। शुक्रबार एक भिडिओ पोस्ट गर्दै उनले आफूलाई सामान्य लक्षणमात्रै देखिएको पुष्टि गरेका थिए । शनिबार जोनसनकी गर्भवती प्रेमिका… पुरा पढौ

कोरोनाबाट कंगोका पूर्व राष्ट्रपतिको मृत्यु

कंगो गणराज्यका पूर्व राष्ट्रपति ज्याक जोआकिम योहाम्बी ओपाङ्गोको कोरोना संक्रमणबाट निधन भएको छ। ८१ वर्षीय ओपाङ्गोको फ्रान्समा निधन भएको हो । उनले सन १९७७ देखी १९७९ सम्म कंगोको सत्ता सम्हालेका थिए। त्यसपछि उनलाई वर्तमान राष्ट्रपति डेनिस ससाउ नेग्गेसोले अपदस्त गरेका थिए। सन् १९९१ मा बहुदलीय प्रजातन्त्र आउनुअघि उनले धेरै बर्ष जेल जिवन बिताए। उनले १० बर्षसम्म उनले फ्रान्समा निर्वासित जिवन बिताएका थिए । पुरा पढौ

इजरायली प्रधानमन्त्रीलाई कोरोना

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइसोलेसनमा बसेका छन् । उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनी आइसोलेसनमा बस्ने भएका हुन् । इजरायलमा अहिलेसम्म कोरोना भाइरसबाट साढे ४ हजार संक्रमित भएका छन् भने १५ जनाको ज्यान गएको छ । पुरा पढौ

जर्मनीमा अर्थमन्त्रीले गरे आत्महत्या

जर्मनीका एक मन्त्रीले आत्महत्या गरेका छन् । कोरोना भाइरसका कारण सिर्जित आर्थिक संकटबीच जर्मनीको हेसे राज्यका अर्थमन्त्री थोमस स्याफरले शनिबार आत्महत्याको बाटो रोजेका हुन् ।  मन्त्री स्याफरको शव जर्मनीको फ्र्याङफर्ट र मान्जबीचमा पर्ने होचेमको तीव्र गतिमा चल्ने रेलको लिकमा शनिबार भेटिएको थियो । कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूले शव रेलको लिकमा देखे पनि उनी अर्थमन्त्री स्याफर हुन् भन्ने सुरुमा पहिचान गर्न सकेनन् ।  मृत्यु हुनुअघि उनले आत्महत्या नोटसमेत लेखेको अनुसन्धानमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं