वैशाख २३ गते २०७७

ताजा समाचार

वैशाख २३ गते २०७७

इटालियन वैज्ञानिकको दाबी : कोरोनाको इन्जेक्सन बन्यो



संसारमै पहिलो पटक इटालीमा कोरोना संक्रमण निको बनाउने इन्जेक्सन बनेको दाबी गरिएको छ । रोमको एक अस्पतालमा कोरोना संक्रमण भएको मुसामा यो परीक्षण सफल भएको छ ।

मुसाको शरीरमा भएका कोरोना भाइरस यो इन्जेक्सनबाट हटेको टाकिसका सिइओ लुइगी औरीसिचोले दाबी गरे । विश्वमै पहिलो पटक आफूहरुले बनाउको यो भ्याक्सिनले मानव कोषमा रहेको कोरोना भाइरस निस्क्रिय पारेको दाबी उनले गरे ।

उनले यो परीक्षण अत्याधुनिक तवरले गरिएको जनाउँदै यो गर्मी यामपछि मानिसमा यसको परीक्षण गरिने जानकारी दिए । इटालियन न्युज एजेन्सीसँग कुरा गर्दै उनले भने, ‘यो इन्जेक्सनले मानिसमा पनि कोरोना भाइरस न्युट्रिलाइजेसन गर्ने हाम्रो पूर्ण विश्वास छ ।’