विश्वकै कान्छी प्रधानमन्त्री आइसोलेसनमा

फिनल्यान्डकी प्रधानमन्त्री साना मरिन आइसोलेसनमा बसेकी छिन् । उनी कोरोना भाइरस संक्रमण भएको आशंकामा सेल्फ आइसोलेसनमा बस्न थालेकी हुन् ।

उनको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोभिड १९ देखिएको छ । उनको कार्यालयले जारी गरेको एक विज्ञप्तिले प्रधानमन्त्री मरिनको कोरोनाभाइरस संक्रमण परीक्षण भएको र उनले यसका कुनै लक्षण नदेखाएको जनाएको छ । यी ३४ वर्षे प्रधानमन्त्री गत वर्ष डिसेम्बरमा विश्वमा सबैभन्दा कान्छी प्रधानमन्त्री भएपछि चर्चामा आएकी थिइन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।