चैत्र २६ गते २०७६

ताजा समाचार

चैत्र २६ गते २०७६

अमेरिकामा कोरोनाबाट फेरि नेपालीको मृत्यु



अमेरिकामा कोरोना संक्रमणका कारण अर्का नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमणपछि उपचारका लागि न्युयोर्कको क्विन्सको एक अस्पतालमा भर्ना भएका सोलुखुम्बुका ४४ बर्षीय ङिमा टेम्बा शेर्पाको उपचारकै क्रममा निधन भएको हो ।

स्थानीय समय अनुसार बुधबार वबहान ५ बजे उनको मृत्यु भएको अमेरिकामा रहेका पत्रकार गोकुल बानियाँले जनाएका छन् । गत मार्च २४ मा सोहि अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित ५० बर्षीय अनिल लिम्बुको मृत्यु भएको थियो ।