एनआरएनए युके अध्यक्षमा पुडासैनी, खुला सचिवमा खराल

एनआरएनए यूके अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । पुडासैनीले अध्यक्षका अरु दुई प्रतिष्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै संस्थाको नेतृत्व पाएका हुन् ।

अध्यक्ष पदमा विजयी पुडासैनीले १४८२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धीहरु गोविन्द खरेलले ९७७ र मनिष खत्रीले ४९६ मत पाए ।

खुला उपाध्यक्षमा उज्ज्वल कार्कीले १८८४ र डा रक्षा थापाले १७२७ मत पाएर विजयी भए । शम्भु अर्याल र ज्ञानेन्द्र आलेले क्रमश ११९६ र ९६१ मत पाए ।

स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा रामप्रसाद कंडेल १६०८ प्राप्त गर्दै विजयी बने । शशी कार्कीले ११७४ मतमा चित्त बुझाए ।

महासचिवमा विजयी दिवाकर पाण्डेले १६६० मत पाए भने उपविजेता पुण्य रेग्मीले १२०१ पाए । खुला सचिवमा डिएन खराल १८७९ र कृष्ण देवकोटा २३०९ मतसहित विजयी बने भने भूपाल कार्की १३५६ मत पाए ।

आइसीसी सदस्यमा विष्णु खरेल २३२५, तुंगभद्र भुषाल २२०७ र छविलाल अर्याल २०१५ मत ल्याएर विजयी भए । देउमान इजम १८५३ मतमा सीमित बने ।

डिएन खराल

इंग्ल्यान्ड राज्य परिषद अध्यक्षमा राममाया विष्ट थापाले १०६९ मत पाएर विजयी हुँदा अहिल्या कुंवर ३ सय ४४ मत पाइन् ।

एनआरएनए यूके अध्यक्ष निर्वाचित पुडासैनीले संस्थालाई अझ सदस्य केन्द्रित, जवाफदेही, समावेशी र एकवद्ध बनाउने दृढ संकल्प गरे ।