समाज

कांग्रेस महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक

नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाविधेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरूले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेभसाइटमार्फत सार्वजनिक गरेको यस नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ । यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ । उक्त नामावलीमा पार्टीका भातृ संस्थाका ६०, शुभेच्छुक संस्थाका ६७… पुरा पढौ

महिला हिंसा : भ्रुणदेखि घाटसम्म

काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा बाल चित्रकार काठमाडौँकी सुप्रिया पाण्डेको पहिलो एकल चित्रकला प्रदर्शनीको चित्र नं ३ झट्ट आँखा पुग्ने जो कोहीलाई एकछिन टक्क अड्याउने खालको छ । चित्रको मुनि लेखिएको छ, ‘अनुचित भ्रूण परीक्षणपश्चात् अनावश्यक चिज (पीप जस्तै मानेर) खिलसहित निकाल्ने पापको पराकाष्ठा ।’ क्यानभासमा गर्भभित्रै कैँची चलाइएको मार्मिक दृष्यले एक पटक मानसपटल गुजुल्टिन्छ । त्यहाँबाट बगिरहेको रगतका धाराले समाजलाई गिज््याइरहेको भान हुन्छ । कानुनमा जतिसुकै समानताको कुरा लेखिए… पुरा पढौ

माघदेखि भूमिहीन, सुकुम्बासीलाई जग्गा बाड्ने तयारी

राष्ट्रिय भूमि आयोगले आगामी माघदेखि जग्गा वितरण प्रक्रिया सुरुआत गर्ने भएको छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा वितरण प्रक्रिया सुरु गर्ने जनाएको हो । आयोगका आध्यक्ष केशव निरौलाका अनुसार दलित भूमिहीनलाई प्राथमिकतामा राखेर जग्गा वितरण गरिनेछ । विघटित आयोगले ४० जिल्लामा गरेको लगत संकलनका क्रममा परेको निवेदन र अन्य जिल्लामा गरी नेपालमा हाल १५ देखि १७ लाख भूमिहीन सुकुम्बासी रहेको अनुमान गरिएको उनले बताए… पुरा पढौ

किन मौलाउँदै छ हनी ट्रयापिङ ?

२१अैाँ शताव्दिको यो युगमा अपराधका नयाँ नयाँ शैली जन्मिरहेका छन। अपराधका ठ्याक्कै यति शैली वा किसिम छन भनेर निर्क्यौल गर्न सक्ने अवस्था छैन। यस्तै अपराधको नयाँ शैली मध्येको एउटा शैली हो "हनि ट्रयापिङ" । सुन्दर युवतिले माया प्रेमको नाटक गरि आफ्नो शारीरिक सौर्न्दर्यको बलमा यौनजन्य कार्यको लालच देखाई एकान्तमा बोलाएर पुरुषलाई लुटपाट गर्ने अपराधको नयाँ शैलीलाई हनि ट्रयापिङ भनिन्छ। यसमा युवतिले युवकलाई मायाको भाव देखाउदै पुरुषलाई आफ्नै नजिकको भएको अनुभव… पुरा पढौ

कृषि बाली र पशु बीमामा अब ८० % अनुदान

सरकारले कृषि बाली र पशु बीमामा दिँदै आएको प्रिमियम अनुदान वृद्धि गरेको छ । अहिलेसम्म यस्तो बीमा गर्न ५० प्रतिशत अनुदान दिँदै आएको सरकारले दायरा विस्तार गरी ८० प्रतिशत पुर्याएको हो । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आज संसदमा अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गरेका हुन् । कृषि तथा पशुजन्य व्यवसायमा जोखिम न्यूनीकरण गरी सो क्षेत्रमा किसानहरूलाई आकर्षित गर्न कृषि बाली तथा पशु बीमाको दायरा विस्तार गरिएको हो । पुरा पढौ

फेवा नहर व्यवस्थित गर्न आग्रह

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’समक्ष पोखराको फेवा नहरलाई व्यबस्थापन गर्न पोखरेलीले माग गरेका छन् । पोखरा १७ को जनजागरण टोल विकास संस्थाले शनिबार मन्त्री बराललाई बधाई ज्ञापन गर्ने क्रममा पोखरेलीले फेवा नहरका कारण हरेक वर्ष मान्छेसमेत बगाउने त, केहीको मृत्युसमेत भएकाले फेवा नहर व्यवस्थापन गर्न माग गरेका हुन् । पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरा पार्दीस्थित राम मन्दिरबाट पावर हाउस खेल मैदान जाने १२ सय मिटर सडक स्तरोन्नति… पुरा पढौ

छोरी जन्मिए पालिकाले १५ हजार दिने

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार बचत गरिदिने कार्यक्रम ल्याएको छ । ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन गाउँपालिकाले कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए । ‘परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले १५ हजार बचत गर्छ र त्यो बच्चाको परिवारलाई पनि अनिवार्य कम्तीमा… पुरा पढौ

मन्त्रालयको गाडीभित्र मध्यराति यौन लीला

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा ३ जना पक्राउ परेका छन् । प्रदेश ३ ०१ ००२ झ ५०५२ नम्बरको गाडीबाट बुधबार राति ११ बजे उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २ पुरुष र १ महिला छन् । गस्तीमा गएको प्रहरीले राति सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिएको गाडीबाट उनीहरुलाई निर्वस्त्र अवस्थामा नियन्त्रणमा लिएको हो । पुरा पढौ

वडाको योजना-एकल पुरुषलाई भत्ता

रोल्पाको सुनील स्मृति गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज क्षेत्रीले बताए । यो कार्यक्रम गाउँसभाबाट समेत पारित भइसकेको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो,’ वडाध्यक्ष क्षेत्रीले भने, ‘कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक १ हजार… पुरा पढौ

विवाह भोजबाट गाउँभर संक्रमण

बागलुङजिल्लाभर निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत्रूपमा चलिरहेका हुन् । जिल्ला सदरमुकाममै केही दिन पहिला विवाह भोजमा सहभागि भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एउटै गाउँमा यती धेरै जनामा सङ्क्रमण… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं