समाज

गण्डकीमा २५ गतेभित्र मुख्यमन्त्री छानिने, के के छन् विकल्प ?

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २५ गतेभित्र सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका छन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउन उनले बिहीबार आह्वान गरेका हुन् । बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यले पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्नुपर्ने प्रदेश प्रमुख कार्यालयको विज्ञप्तिमा उल्लेख छ । केन्द्रमा गठबन्धन सरकारलाई समर्थन गरेको राप्रपा यहाँ निर्णायक छ । मुख्यमन्त्री, सभामुख, मन्त्री लगायतका पदमा दलहरुबीच घनिभूत… पुरा पढौ

लैंगिक हिंसा रोक्न जिफन्टले बनायो आचारसंहिता

कार्यस्थलमा हुने लैंगिक हिंसा रोक्न नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आचारसंहिता जारी गरेको छ । आचारसंहिताका बारेमा जिफन्टले सबै प्रदेशमा कार्यशाला गरी कार्यकर्तालाई प्रशिक्षित गरेको महासंघ संसदीय तथा स्थानीय तह संयोजन कमिटी अध्यक्ष मीना गुरुङले जानकारी दिइन् । जिफन्ट गण्डकी प्रदेश कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा उनले लैंगिक हिंसा समाजमा लुकेको अपराध भएको बताइन् । उनले नेपालको संविधानको धारा २८ ले सबै प्रकारको हिंसालाई अन्त्य गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गरिन्… पुरा पढौ

कास्की २ (१)का उम्मेदवारले कुटे वृद्ध मतदाता

कास्कीको क्षेत्र नं. २ (१) का उम्मेदवार चेतबहादुर महतले शनिबार ७४ वर्षीय वृद्धलाई कुटपिट गरेका छन् । हाम्रो नेपाली पार्टीका उम्म्देवार महतले पोखरा ३३ भरतपोखरीका कृषक खडानन्द अधिकारीलाई कुटपिट गरेका हुन् । शून्य समयमा मत माग्दै हिडेका महतलाई अधिकारीले बारम्बार पार्टी फेर्दै मत माग्न आउनुको कारण सोधेका थिए । अधिकारीले भनेका थिए, ‘चुनावपिच्छे पार्टी फेर्दै आउँछौं, हामी के गरौं ?’ अधिकारीले यति भनेपछि महतले हातपात गरेका थिए । घटनाबारे प्रहरीलाई… पुरा पढौ

पोखरा २१ मा खानेपानी र सिंचाईलाई प्राथमिकता दिने लामिछानेको प्रतिवद्धता

पोखरा २० कात्तिक आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (१) बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखरा स्थानीय आवश्यकता अनुसारका समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । निर्वाचन क्षेत्र अन्तरगत पोखरा २१ दम्सादीमा आयोजित कोणसभामा बोल्दै लामिछानेले आफुले विगतमा गरेका कामले नै आफ्नो परिचय दिएको बताउँदै आफुले गरेका प्रतिवद्धता पुरा गर्ने विश्वास दिलाए । नेपालको संविधानले सम्बृद्धिको परिकल्पना गरेको स्मरण गराउँदै… पुरा पढौ

पोखरामा गलकोटेबीच शुभकामना आदानप्रदान

पोखरामा अस्थायी र स्थायी रुपले बस्दै आएका बागलुङको गलकोट घर भएकाहरुबीच आइतबार शुभकामना आदानप्रदान भएको छ । नेपालीका पर्वहरु दसैं, तिहार, छठ, नेपाल संवत लगायतको अवसरमा गलकोट समाज कास्कीले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीले वडाले गलकोट समाजको भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता गरे । १४ नं वडामा समाजको भवन निर्माण भइरहेको छ । १४ नम्बर वडामा मात्र २ सय ५० घर गलकोटे छन्… पुरा पढौ

सम्पदामा शुभकामना आदानप्रदान

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले शनिबार समसायिक विषयमा छलफलसहित शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा उपस्थितबीच दसैं, तिहार, छठ, नेपाल संवतको शुभकामना आदानप्रदान गरिएको छ । कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक पराजुलीले देशको राजनीति कानुन, संविधानभन्दा लहडले चलिरहेको बताए । उनले भने, ‘नागरिकता ऐन राम्रो÷नराम्रो के हो त्यो विश्लेषण गर्दै गरौंला । सार्वभौम संसदले पास गरेर पठाएको विधेयक संविधान विपरीत राष्ट्रपति रोक्न मिल्दै मिल्दैन ।’ समारोहमा नेपालीका चाडपर्वबारे संस्कृतिकर्मी… पुरा पढौ

मन्त्री थापाद्वारा बगालेटोल सामुदायिक भवनको उद्दघाटन

भदौ २५, पोखरा । गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले पोखरा ८ मा निर्माण भएको बगालेटोल सामुदायिक भवनको उद्दघाटन गर्नुभएको छ । सुन्दर मार्ग टोल विकास संस्थाले निर्माण गरेको सामुदायिक भवनको शनिबार एक कार्यक्रमका बीच उहाँले उदघाटन गर्नुभएको हो ।मन्त्री थापाले सामुदायिक भवनको स्थापनाले सुन्दरमार्ग टोलमा बसोबास गर्नुहुने स्थानीयलाई सहजता मिल्ने विश्वास लिनुभएको छ । ‘सामुदायिक भवनको स्थापनाले बगालेटोल बासी स्थानीयलाई सामाजिक तथा धार्मिक… पुरा पढौ

पोखरा आर्ट ग्यालरी, पुस्तकालय र सटरमा पोखरा महानगरले चलायो डोजर

पोखराको महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरी, पुस्तकालय र ३२ वटा सटरहरु पोखरा महानगरपालिकाले भत्काउन शुरु गरेको छ । पोखरा महानगरपालिका कै स्वामित्वमा रहेको दुई वटा भवन पुरानो र जीर्ण भएको भन्दै महानगरले भत्काएको हो । महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सहितको टोलीले भत्काएको हो । माथील्लो तलामा पुस्तकालय र ग्यालरी भएपनि तल्लो तलामा सटर थिए । सटरबाट महानगरले भाडा… पुरा पढौ

नयाँबजार शिव सरस्वती मन्दिरमा आरती

पोखराको नयाँबजारमा रहेको शिव सरस्वती मन्दिरमा शनिबार साँझ आरती गरिएको छ । मन्दिर परिसरमा नयाँ भवन र मन्दिर बनेपछि यहाँ नियमित कार्यक्रम हुन थालेका छन् । शनिबारको आरती कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा, राधा थापा, मनलक्ष्मी थापा, ध्रुव थापा र मिलन थापाले सौजन्य गरेका हुन् । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार हरिहर सापकोटाले मन्दिरलाई २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा… पुरा पढौ

पत्रकार विनोद धौलागिरी सम्मानित

पत्रकार विनोद धौलागिरीलाई खानेपानी तथा सरसफाइ पत्रकारिता सम्मान प्रदान गरिएको छ । नेपाल खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले धौलागिरीलाई शुुक्रबार सम्मानित गरेको हो । खानेपानी सरससफाई प्रवद्र्धन विधामा कलम चलाउने पत्रकारलाई हरेक वर्ष उक्त सम्मान प्रदान गरिने महासंघका अध्यक्ष राजेन्द्र अर्यालले बताए । खानेपानी तथा सरसफाइ प्रवद्र्धनको क्रममा जनकपुरबाट बिराटनगर जाने क्रममा बस दुर्घटनामा परी विराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराइरहेका धौलागिरीकी छोरी आकांक्षा शर्माले काठमाडौंमा सम्मान ग्रहण गरेकी छन्… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं