कास्की २ (१)का उम्मेदवारले कुटे वृद्ध मतदाता

कास्कीको क्षेत्र नं. २ (१) का उम्मेदवार चेतबहादुर महतले शनिबार ७४ वर्षीय वृद्धलाई कुटपिट गरेका छन् ।

हाम्रो नेपाली पार्टीका उम्म्देवार महतले पोखरा ३३ भरतपोखरीका कृषक खडानन्द अधिकारीलाई कुटपिट गरेका हुन् । शून्य समयमा मत माग्दै हिडेका महतलाई अधिकारीले बारम्बार पार्टी फेर्दै मत माग्न आउनुको कारण सोधेका थिए ।

अधिकारीले भनेका थिए, ‘चुनावपिच्छे पार्टी फेर्दै आउँछौं, हामी के गरौं ?’ अधिकारीले यति भनेपछि महतले हातपात गरेका थिए । घटनाबारे प्रहरीलाई जानकारी गराइसकेको स्थानीयले जनाएका छन् ।

बाआमालाई टेकाउने, भ्रष्टहरुलाई सेकाउने नारा लिएको पार्टीका उम्मेदवारले वृद्धमाथि नै कुटपिट गरेका हुन् ।