समाज

क्रान्तिको बाच्छिटा जरामा पर्नुपर्छ, पातमा होइन

हामि कहां दुइ तिहाइको मार्क्सबादी मुल्यमा बिस्वास राख्नेहरुको सरकार छ । प्रतिपक्ष कांग्रेस पनि आंफुलाइ समाजबादी मान्दछ ।अर्थात देश समाजबादमय छ , संबिधाननै समाजबाद उन्मुख छ । यस्तो समाजबादी देशका नेताहरुलाइ मरेपछी पनि तोपको सलामि चाहिन्छ ।फूलहरुले सजिएको मालाहरुको झल्लर सहितको आर्यघाटको राजकिय बुर्जामा चिता चाहिन्छ । शुशिल कोइरालाको मृत्यु हुंदा पशुपतिको बिद्युतिय चिता भर्खर उदघाटन भएको थियो ।समाजबादी पार्टीको नेता , त्यो पनि कोइरालाहरु जस्तो प्रगतिसिल भएकोले बिद्युतिय चितामै… पुरा पढौ

प्रहरीले हाने आफैंलाई गोली, अवस्था गम्भीर

जिल्ला प्रहरी कार्यालय ९जिप्रका० सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए । उनले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जानकारी दिए । स्रोतका अनुसार रायले भ्यालेन्टाइनका दिन शुक्रबार एक महिला प्रहरीलाई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेपछि उनकै पेस्तोल… पुरा पढौ

सिद्धार्थ क्लवको रक्तदान, ९२ युनिट संकलन

पोखराको सिद्धार्थचोकस्थित सिद्धार्थ क्लबले रक्तदान कार्यक्रम आयोजना गर्यो । बिहीबार मानव अधिकारचोकमा आयोजित कार्यक्रममा ९२ युनिट रगत संकलन भएको थियो । समाजसेवी भवानी माकाजूलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गर्दै गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सिद्धार्थ क्लबले सामाजिक क्षेत्रमा खेलेको भूमिका सराहनीय भएको बताए । उनले रक्तदान कार्यक्रमले जनमानसमा रक्तदान गर्न प्रोत्साहन गर्नुका साथै समाजमा आवश्यक रगत परिपूर्ति गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । क्लवकी अध्यक्ष पार्वती माकाजूले… पुरा पढौ

ठिनीको थकाली होमस्टेमा अनलाईन बुकिङको सुविधा

मुस्ताङको घरपझोङ गाउपालिका –५ ठिनीमा रहेको थकाली होमस्टे हालै अनलाईन पहुँचमा जोडिएको छ । मुस्ताङ घुम्ने पर्यटकको बाँसबस्ने सहजताका लागि होमस्टेले अनलाईन सेवा सुरु गरेको हो । सुरुआती चरणको ७ घरधुरीबाट सुरु भएको ठिनी थकाली होमस्टेमा ५ घरधुरी थपिदै अहिले १२ घरधुरी पुगेको छ । होमस्टे हालै स्थानीय निकाय र अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापमा दर्ता भईसकेको छ । पछिल्लो समय यातायातको संञ्जाल जोडिएपछि मुस्ताङ घुम्ने पर्यटक बढेकाले ठिनी होमस्टेमा बस्ने… पुरा पढौ

बालविवाहमा आएन कमी

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याइए पनि बालविवाहका घटनामा भने कमी भएको देखिँदैन । राष्ट्रिय बालअधिकार परिषद्ले चालू आर्थिक वर्ष ९साउनदेखि कात्तिकसम्म० मा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा गरेको अध्ययनअनुसार २२ जिल्लामा ८० बालविवाहका घटनामा ११६ बालबालिकाको विवाह भएको देखिन्छ । पहँुच र सचेतना अभावका कारण प्रकाशमा नआएका बालविवाहका घटना यसभन्दा बढी हुनसक्ने अनुमान गर्न सकिन्छ । बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र… पुरा पढौ

परिवारका ४ जना मिलेर बुहारीको हत्या

धनुषाको औरही गाउँपालिका–२ की २२ वर्षीया चिन्तामणि पासवानको हत्या गर्ने ४ जना पक्राउ परेका छन् । प्रहरीले घटनामा संलग्न मृतक चिन्तामणिका श्रीमान ३० वर्षीय अनिलकुमार पासवान, ससुरा ५५ वर्षीय राधाकृष्ण पासवानलाई सोमबार बिहान जनकनन्दनी २ बलहा टोलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो भने ४५ वर्षीया सासु कुमला पासवान र २० वर्षीया नन्द पुनिता पासवानलाइ जनकपुर उपमहानगर ४ स्थित पेठिया बजारमा आइतबार साँझ पक्राउ गरेको हो। माघ १८ गते मोबाइललाई… पुरा पढौ

ह्योल्मो समाजमा उल्लासपूर्ण सोनाम ल्होसार

नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीले शनिबार भव्य रुपमा सोनाम ल्होसार मनाएको छ । २१४७ औं च्याग फो ज्यिवा ल्हो(मुसा वर्ग)लाई स्वागत गर्दै शुभकामना आदानप्रदान, सम्मान, साँस्कृतिक कार्यक्रमका साथै सामूहिक प्रितीभोज गरी चाउथेको आफ्नै नयाँ भवनमा संस्थाले ल्होसार मनाएको हो। समाजले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही पहिलो ह्योल्मो महिला कान्छी डोल्मा ह्योल्मोलाई नगद र सम्मानपत्रसहित समारोहमा सम्मान गरेको छ । उच्च शिक्षा हासिल गर्ने रोजिना लामा ह्योल्मो, स्मृति ह्योल्मो, सन्नी… पुरा पढौ

ट्रकमा लिफ्ट दिएर बलात्कार !

ट्रकमा लिफ्ट दिएर २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ । पाँचथर घर भई झापा बस्दै आएकी २० वर्षीया युवतीलाई गाडीमा लिफ्ट दिएर बलात्कार गरेको भन्दै २८ वर्षीय उदयकुमार चौधरीविरुद्ध प्रहरीले बलात्कारसम्बन्धी मुद्दा दर्ता गरेको हो । बिर्तामोडबाट पोखरातर्फ जाँदै गरेको ट्रकबाट सीमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बुधबार मध्यरातमा उनलाई नियन्त्रणमा लिएको थियो । युवतीले गाडी मालिकसमेत रहेका चौधरीको… पुरा पढौ

परिवर्तनलाई सघाउन सहद गिरी बसन्धरी ट्रस्ट

सामाजिक, सांस्कृतिक क्षेत्रका विकृति, विसंगति हटाउन र राष्ट्रिय एकताको पक्षमा योगदान गर्न सहद गिरी बसन्धरी स्मृति ट्रस्ट स्थापना भएको छ । पोखरामा बुधबार भएको भेलाले ट्रस्ट स्थापना गरी कार्यसमिति र सल्लाहकारसमेत चुनेको छ । संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश पूर्ण गिरी, गोपाल गिरी, सूर्य गिरी, शान्ति रानाभाट र शेरबहादुर क्षेत्री छन् । २ सदस्यपछि थपिने गरी बनाइएको १७ सदस्यीय कार्यसमितिका सदस्यमा बलराम गिरी, धर्मराज लामिछाने, सुशीला गिरी,… पुरा पढौ

श्रीपति कोइरालाको स्मृतिमा २ प्रतिक्षालय बन्दै

पोखराको श्रीपती कोइराला गूठीले २ वटा प्रतिक्षालय शिलान्यास गरेको छ । गुठीले पर्वत जिल्लाको कालीगण्डकी किनार र दाङ जिल्लाको राप्ती नदी किनारमा प्रतिक्षालय बनाउन लागिएको हो । आफ्ना संस्थापक श्रीपती कोइरालाको स्मृतिमा उक्त प्रतिक्षालय बनाउन लागिएको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए । दाङ्गस्थित राप्ती गाउँपालिका वडा नं. १ राप्ती नदी किनारको प्रतिक्षालय वडाध्यक्ष ताराबहादुर डिसीले शिलान्यास गरे । यो प्रतिक्षालय चैत्र महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं