समाज

इनरुवामा निःशुल्क खाना खुवाउने अभियान शुरु

प्रदेश १ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान सुरु भएको छ। इनरुवा नगरवासीको संयुक्त आयोजनामा इनरुवा–४ मा रहेको बसचोकमा निःशुल्क खाना खुवाउने अभियान सुरु भएको हो। पूर्वका विभिन्न शहर र बजारमा गरिब, दलित र विपन्न समुदायलाई लक्षित गरी एकपछि अर्को स्थानमा सस्तो दरमा खाना खुवाउने होडबाजी झैँ चल्दा सुनसरीको इनरुवामा भने स्थानीयवासीले बुधबारबाट निःशुल्क खाना खुवाउने अभियान चलाएका हुन्। अभियानका लागि… पुरा पढौ

बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत रु १० लाख ५० हजार प्रदान गरिएको छ । डिभिजन वन कार्यालय मरिणले रु १० लाख र घ्याङलेख गाउँपालिकाले रु ५० हजार गरी कूल रु १० लाख ५० हजार प्रदान गरेको डिभिजन वन कार्यालय मरिणका डिभिजन प्रमुख लोकराज नेपालले जानकारी दिएका छन्। गाउँपालिका अध्यक्ष जगत् भोलन तथा वडाध्यक्ष विष्णु कर्माचार्यको रोहवरमा मृतककी पत्नी लिलिमाया घिसिङलाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले क्षतिपूर्तिवापत… पुरा पढौ

समृद्धि लायन्सद्वारा सहयोग

लायन्स क्लव अफ पोखरा समृद्धिद्वारा दृष्टिविहीन विद्यालयलाई खानेपानी ट्यांकी र सेतो छडी सहयोग गरेको छ । क्लबले छात्रावासमा रहेका विद्यार्थीलाई सहयोग गर्दै आइरहेको अध्यक्ष राधिका थापाले बताईन् । सहयोग हस्तानतरण गर्दै डिष्ट्रीक चिफ एड्भाईजर महेन्द्र पौडेलले आवश्यकता रहेको ठाउँमा सहयोग पु्याउनु लायन्सको मुख्य सिद्धान्त रहेको बताए । रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापाले सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेलेको बताए । क्लबका कोषाध्यक्ष शान्ति श्रेष्ठले स्वर्गीय आमाको स्मृतिमा सो टयाङकी सहयोग… पुरा पढौ

राष्ट्रिय परोपकार पोखरा महिला समितिमा रेनु

राष्ट्रिय परोपकार महासंघ पोखरा नगर महिला समितिको तेस्रो अधिवेशनले रेनु थापाको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चुनेको छ । समितिको उपाध्यक्ष कल्पना क्षेत्री, सचिव अम्बिका ढकाल, सहसचिव शान्ति ओझा, कोषाध्यक्ष साग्रीला केसी र सदस्यमा कमला शर्मा, रमा बराल, गीता लामिछाने, शुशीला रानाभाट, सरस्वती भण्डारी, सीता भण्डारी, कविता कार्की, प्रिया थापा छन् । सभामा महासंघका केन्द्रीय अध्यक्ष कमलनयन गौतमले धर्म, संस्कृति रक्षाका लागि नारी शक्ति देवीको रुपमा लाग्नुपर्ने बताए । महासंघले नेपालभरि… पुरा पढौ

पुराना चप्पल मिसाएको जाँड भेटियो

जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार ५ सय लिटर जाँड बरामद गरी नष्ट गरेको छ । बिहीबार साँझ बागलुङ नगरपालिका–३ मुलपानीस्थित रेशमबहादुर जिसीको घरमा फेला परेको जाँड जनप्रतिनिधि, आमा समूहका पदाधिकारीलगायतको रोहबरमा खाडलमा पुरी नष्ट गरिएको जनाइएको छ । जाँडमा पुराना चप्पल, जुत्ता र खुर्सानीसमेत मिसावट गरिएको पाइएको प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताए । उनले घरेलु मदिरा उत्पादक र प्रयोगकर्तालाई सचेत हुन आग्रह गरे… पुरा पढौ

जन्मदर्ताका लागि दुई लाख घुस !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जन्मदर्ता प्रमाणपत्र बनाइदिने भन्दै घुस मागेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ। सप्तरीको महादेवा गाउँपालिका ६ का वडासचिव नायव सुब्बा नवोनाथ मिश्रले जन्मदर्ताको प्रमाणपत्र बनाउन पुगेका सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले पक्राउ गरेको थियो। वडासचिव मिश्रले आफ्नो जिम्मेवारी र पदीय दायित्व विपरीत सेवाग्राहीको जन्म दर्ता गराई दिनको लागि घुस लिएको पुष्टि भएकाले बिगोबमोजिम कारवाहीको माग गर्दै विशेष अदालतमा… पुरा पढौ

कार्यकक्षमै कुटिए वडाध्यक्ष

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ का वडा अध्यक्ष दिलबहादुर बुढामाथि मंगलबार हातपात भएको छ। वडा कार्यालयमा रहेका बुढामाथि अग्नि विष्ट र उनका छोरा लोकेन्द्र विष्टले कुटपिट गरेका हुन्। २०७४ सालमा १५ दिनका लागि विष्टलाई नगरपालिकाले छाडा गाई व्यवस्थापनको जिम्मा दिएको थियो। गाई जिम्म दिएबापत विष्टलाई नगरपालिको दुई लाख ६० हजार रकम भुक्तानी गरेको थियो। गाई व्यवस्थापनको अझै दुई लाख रुपैयाँ रकम बाँकी रहेको भन्दै मदिरा सेवन गरी बुवाछोराले विवाद गरी कुटपिट गरेको… पुरा पढौ

२६ महिलालाई सिपमूलक तालिम

सिद्धार्थ क्लब पोखराले पोखरा महानगरपालिका वडा कार्यालय ८ को सहयोगमा महिला उद्यमशिलता अभिमुखीकरण तथा शिपमूलक तालिम आयोजना गर्यो । कार्यक्रम वडाध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडाध्यक्ष रुद्रनाथ बरालले तालिमका सहभागीले सिकेको सिपलाई व्यवसायी वा रोजगार भएर सिपको सदुपयोग गर्न आग्रह गरे । सिपको मूल्याङ्कन गरी वडाले वीउ पुजीका रुपमा आर्थिक सहयोग पनि गर्न सक्ने भन्दै उनले सिद्धार्थ क्लबले गर्ने सामाजिक सरोकारका कार्यक्रमलाई वडा कार्यलयको सहयोग रहिरहने… पुरा पढौ

प्रेम विवाह गरेकी पत्नी दलित परेपछि हत्या

उदयपुरको कटारी नगरपालिकामा बुहारी दलित भएको थाहा पाएपछि परिवार नै मिलेर हत्या गरेको आरोपमा २ बर्षपछि प्रहरीले श्रीमान, ससुरा र देवरलाई पक्राउ गरेको छ । २०७४ साल कार्तिक १४ गते सिम्लेस्थित जंगलमा सढेको अवस्थामा शव फेला परेको उदयपुरगढी ५ बाहुनीटारकी १७ वर्षीया संगिता विश्वकर्मालाई उनकै श्रीमान युवराज कार्की, ससुरा नैनबहादुर कार्की र देवर सुजन कार्कीले हत्या गरेको रहस्य पत्ता लागेपछि पक्राउ गरेको हो । फोन सम्पर्कबाट आपसमा सम्बन्ध जोडेका युवराज… पुरा पढौ

भत्किएका छाउगोठभित्र नभत्किएका मन

जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ। सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन खड्काले आमाबाट सिकेकी थिइन्। पुस्ता हस्तान्तरण जस्तै गरी कुसंस्कार पनि आमाबाट छोरी, छोरीबाट नातिनीसम्म पुग्ने गरेको छ। अहिले सुमित्रा जस्तै गाउँका अधिकांश महिला छाउगोठ भत्काएर विगतको कुसंस्कारलाई सधैँका लागि अन्त्य गर्ने योजनामा छन्। गाउँमा पढेलेखेका युवा यो अभियानमा लागे पनि अघिल्लो पुस्ता भने छाउगाठ भत्काउने अभियानमा सक्रियताका साथ सहभागी भएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं