२६ महिलालाई सिपमूलक तालिम

सिद्धार्थ क्लब पोखराले पोखरा महानगरपालिका वडा कार्यालय ८ को सहयोगमा महिला उद्यमशिलता अभिमुखीकरण तथा शिपमूलक तालिम आयोजना गर्यो ।

कार्यक्रम वडाध्यक्ष रुद्रनाथ बरालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडाध्यक्ष रुद्रनाथ बरालले तालिमका सहभागीले सिकेको सिपलाई व्यवसायी वा रोजगार भएर सिपको सदुपयोग गर्न आग्रह गरे ।

सिपको मूल्याङ्कन गरी वडाले वीउ पुजीका रुपमा आर्थिक सहयोग पनि गर्न सक्ने भन्दै उनले सिद्धार्थ क्लबले गर्ने सामाजिक सरोकारका कार्यक्रमलाई वडा कार्यलयको सहयोग रहिरहने प्रतिवद्धता जनाए ।

क्लबकी अध्यक्ष पार्वती माकाजूले महिलाले सिपमार्फत आर्जन गर्ने विश्वास व्यक्त गर्दै महिला व्यवसायमा संलग्न रही आत्मनिर्भर हुनुपर्नेमा जोड दिइन् । साथै उनले स्थानीय निकायसंगको समन्वयमा सामाजिक गतिविधि संचालन गर्ने बबताइन् ।

क्लबका निवर्तमान अध्यक्ष विनोद श्रेष्ठ, सल्लाहकार समिति सचिव रवि मर्सानीले पनि कार्यक्रममा बोलेका थिए ।

Image may contain: 7 people, including Tirtha Shrestha and Samjhana Shrestha Makaju, indoor

कार्यक्रमकी प्रशिक्षक विना गुरुङ्गले तालिम समापन भएता पनि सम्बन्धले निरन्तरता पाउने भन्दै इच्छुक महिलाहरुलाई उद्यमशिल बनाउन आफ्नो पूर्ण सहयोग रहने बताइन् ।

कार्यक्रमका सहभागी समिक्षा कुबँरले तालिम व्यवहारीक र बजारको माग अनुसार रहेको भनाइ राख्दै थप तालिमको व्यवस्था गरिएमा सिपमा निखारता आउने बताइन् ।

तालिममा प्रशिक्षक विना गुरुङले २६ जना महिला सहभागीलाई क्रिस्टलको चुरा, पोतो, टप, औंठी, माला लगायतको सामग्री बनाउन सिकाएकी थिइन् ।

Image may contain: 5 people, people standing
Image may contain: 21 people, including Tirtha Shrestha, indoor
Image may contain: 5 people, including Samjhana Shrestha Makaju, people smiling, people standing and indoor