समाज

‘हामी जिउँदै छौ, जिउँदा सती हौं’

सय वर्षअघि जन्मेका भए हामी जिउँदै जलाइन्थ्यौं । अहिले हामी बाँचेका छौं ।जूना केसी यति बोल्दा बोल्दै भक्कानिइन् । १३ वर्षमा विहे भएकी जूना २६ वर्षमै विधवा बनिन् । त्यसपछिको उनको जीवन संघर्षले भन्छ : विधवा अहिले पनि जिउँदा सती हुन् । मानवअधिकारका लागि महिला एकल महिला समूह कास्की अध्यक्ष जूनाले सती प्रथा उन्मूलन भएको १९७७ साल सम्झिइन् । उनले भनिन्, ‘हाम्रो संस्थामा मात्रै ९ लाख एकल महिला छौं ।त्यो… पुरा पढौ

मादीमा १ को खुकुरी प्रहार गरी हत्या, १ घाइते

कास्कीको मादी गाउँपालिका ४ मा एक वृद्धको हत्या भएको छ । मादी ४ का नवराज सापकोटाले शनिबार साँझ ७८ वर्षका पीताम्बर सापकोटाको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । नवराज र पीताम्बरबीच घटनाअघि सामान्य भनाभन भएको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका पीताम्बरको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको र नवराज जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । नवराजकै खुकुरी प्रहारबाट घाइते भएका… पुरा पढौ

आँप दिने प्रलोभन देखाएर बालिका बलात्कारपछि हत्या गर्ने पक्राउ

जनकपुर उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिका कन्चन पञ्जियारको बलात्कारपछि हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले हत्या आरोपमा भारतको उत्तर प्रदेशका ३२ वर्षीय दीप सिंहलाई पक्राउ गरेको जनाएको छ । सोमबार सार्वजनिक गरिएका सिंहले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । भैसी चराउन गएकी ती बालिकालाई सिंहले आँप दिने प्रलोभन देखाएर बलात्कार गरी हत्या गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । बलात्कारपछि पोल खुल्ने… पुरा पढौ

फेरि फेसबुक लाइभ गरेर आत्महत्या

चितवनमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर आत्महत्या गरेकी छिन् । शनिबार राति भरतपुरको स्याउली बजारमा १९ वर्षीया युवतीले यसरी आत्महत्या गरेकी हुन् । प्रहरी निरीक्षक सुभास भट्टले भरतपुर महानगरपालिका–२४ घर भएकी ती युवतीले फेसबुकमा लाइभ भएर आत्महत्या गरेको बताए । यसअघि दाङमा पनि यस्तै घटना भएको थियो । पुरा पढौ

मध्यराति वडाध्यक्ष पक्राउ

भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राम नाथ पक्राउ परेका छन्। प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा उनलाई पक्राउ गरेको हो। मदिरा सेवन गरी मध्यराराति महिलालाई दुर्व्यवहार गरेपछि वडाध्यक्षलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले पुष्टि गरे । पुरा पढौ

चिर्पटले हानी श्रीमानको हत्या

रुकुम, पूर्वमा श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छिन् । सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा ज्यान गएको हो । पारिवारिक विवादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमानलाई दाउराले टाउकामा हान्दा ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए । आज बिहानमात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको केसीले बताए । मृतक बिछोडको नाक, मुख… पुरा पढौ

रुकुम घटना : २३ जना पुर्पक्षका लागि थुनामा, किशोरीकी आमा रिहा

फाइल फोटो : नवराज विक ६ जनाको ज्यान गएको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका संलग्न भएको आरोप लागेका वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत रुकुमकोटले यस्तो आदेश गरेको हो। जिल्ला अदालत रुकुमकोटले युवक नवराज विकसँग प्रेम सम्बन्ध भएकी युवतीकी आमालाई भने १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। प्रतिवादी बनाइएका २ नाबालक सुधारगृह चलान भइसकेका छन् भने अझै ५ जना… पुरा पढौ

राति १० देखि बिहान ५ बजेसम्म हिड्न प्रतिबन्ध

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थित गर्ने सम्बन्धि मापदण्ड जारी गरी राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । गृह मन्त्रालयले जारी गरेको मापदण्डमा अत्यावश्यक काम बाहेक यो समयमा हिँड्न नपाइने उल्लेख छ । कोभिड–१९ को जोखिम उच्च रहेको अवस्थामा विवाह, व्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजा पाठ लगायतका सामाजिक तथा सांस्कृतिक कार्यक्रम गर्नैपर्ने अवस्थामा सामाजिक दूरी कायम गरी गर्न र गराउन भनिएको छ । यस… पुरा पढौ

श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार

श्रमिक बालिकालाई मदिरा खुवाई बेहोस पारेर बलात्कार गरेको आरोपमा सप्तरीबाट एक युवक आइतबार पक्राउ परेका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर मण्डल एक वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । तिलाठी कोइलाडी–७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कोठामा गत असार १८ गते १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब… पुरा पढौ

क्वारेन्टिनमा बसेकी महिला बलात्कृत, ३ पक्राउ

कैलालीमा क्वारेन्टिनमा बसेकी १ महिला शनिबार राति बलात्कृत भएकी छन् । ३१ वर्षीया ती महिलालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको सहिद स्मृति माविको क्वारेन्टिनमा ती महिलालाई बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले उल्लेख गरे । ती महिलाले क्वारेन्टिनमा स्वयंसेवकका रुपमा खटिएका ३ जनाले बलात्कार गरेको दाबी गरेकी छिन् ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं