क्वारेन्टिनमा बसेकी महिला बलात्कृत, ३ पक्राउ

कैलालीमा क्वारेन्टिनमा बसेकी १ महिला शनिबार राति बलात्कृत भएकी छन् ।

३१ वर्षीया ती महिलालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको सहिद स्मृति माविको क्वारेन्टिनमा ती महिलालाई बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले उल्लेख गरे ।

ती महिलाले क्वारेन्टिनमा स्वयंसेवकका रुपमा खटिएका ३ जनाले बलात्कार गरेको दाबी गरेकी छिन् ।

आरोपीलाई पक्रन ढिला गरेको भन्दै स्थानीयले आइतबार दिउँसो वडा कार्यालय तोडफोड गरे । उनीहरुले दोषीलाई कारवाह िमाग गर्दै प्रदर्शन पनि गरे ।