समाज

सामूहिक बलात्कार गर्नेलाई १२ वर्ष कैद

देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२÷१२ वर्ष कैद फैसला गरेको छ । अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२÷१२ वर्ष कैद फैसला सुनाएको हो । उनीहरूलाई १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२÷१२ वर्ष कैद र पीडितलाई दुवैबाट रु ५०÷५० हजार क्षतिपूर्ति भराउने फैसला भएको छ… पुरा पढौ

यस्ता दाजु बहिनी : एउटै कोठामा रात विताएर संगै गरे आत्महत्या

महाकाली नगरपालिका–४ खलंगा बजारस्थित एक होटलमा दाजु–बहिनी नाताका युवक र युवती सँगै झुण्डिएको अवस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–४ खलंगा बजारस्थित विष्ट बियर बारको एक कोठामा एक युवक र एक युवती झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शैल्यशिखर नगरपालिका–५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल पङ्खामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शैल्यशिखर नगरपालिका–५ का करिब २८ वर्षीय… पुरा पढौ

सिद्ध माविमा खानेपानी ट्यांकी शिलान्यास

पोखरा महानगरपालिका वडा नं. १५ स्थित सिद्ध माविको हाताभित्र १० हजार लिटरको पानी ट्यांकी शिलान्यास शिलान्यास गरिएको छ । ट्यांकी शिलान्यास वडा नं. १५ का वडाध्यक्ष प्रकाश पौडेलले गरेका हुन् । वेड्स सिनियर स्कुल युकेको सहयोगमा लायन्स क्लब पोखरा अन्नपूर्ण र लायन्स क्लब पोखरा पिस टाउनको संयुक्त प्रयासमा ट्यांकी निर्माण गर्न लागिएको हो । उक्त अवसरमा वडाध्यक्ष पौडेलले सामाजिक क्षेत्रमा अग्रणी संस्था लायन्स क्लब पोखरा अन्नपूर्ण र लायन्स क्लब पोखरा… पुरा पढौ

किन गरे वीरबहादुरले आफ्नै श्रीमतीको हत्या ?

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा आइतबार राति श्रीमानले श्रीमतीलाई ढुङ्गाले हानेर हत्या गरेका छन् । पोखरा–२२ पुम्दीभुम्दी घर भई पोखरा १७ मा बस्दै आएका ४५ बर्षीय ध्रुब भन्ने वीरबहादुर सुनारले श्रीमतीलाई ढुङ्गाले प्रहार गरी हत्या गरेको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । ४० बर्षीय गंगा सुनारलाई टाउकोमा ढुङ्गाले हानी हत्या गरि फरार भएपछि प्रहरीले सोमबार दिउँसो वीरबाहदुरलाई पक्राउ गरेका छ । वडा प्रहरी कार्यालय बैदामका प्रहरी सहायक… पुरा पढौ

कांग्रेस नेताको प्रतिष्ठानलाई नेकपा सांसदले दिए ५० हजार

नेपाली कांग्रेसका पूर्वनेता बलबहादुर राईको स्मृतिमा स्थापित ‘बलबहादुर राई स्मृति प्रतिष्ठान’लाई ओखलढुंगाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य यज्ञराज सुनुवारले ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेका छन् । प्रतिष्ठानको अभियान र काममा सहयोग गर्नका लागि उनले आर्थिक सहयोग गरेका हुन् । बल बहादुर राईको नवौं स्मृति दिवसको अवसरमा सांसद सुनुवारले सहयोगको घोषणा गरेका हुन् । बल बहादुर राईको सम्मान र सम्झनामा गरिने सृजनात्मक कामहरुमा आफूले सधैं सहयोग गर्दै… पुरा पढौ

सेतीमा किन हामफाले घर्ती ?

आइतबार बिहान कास्की माछापुच्छ्रे गाउँपालिका १ भुर्जुङखोलामा सेती नदीमा हाम फाली एक जना बेपत्ता भएका छन् । बिहान ११ः ३० बजेतिर सेतीमा माछापुच्छ्रे १ भुर्जुङखोलाका ३८ वर्षीय राजकुमार घर्ती हाम फालेर बेपत्ता भएका हुन् । घटनाबारे जानकारी भएपछि स्थानीय र प्रहरीले घर्तीको खोजी गरिरहेका छन् । उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन । पुरा पढौ

घाँटीमा चक्कु राखेर बलात्कार !

ललितपुरका एक युवाले आफ्नो डेरामा एक युवतीलाई बन्धक बनाएर बलात्कार गरेको रहस्य बाहिरिएको छ । १७ वर्षीया युवतीलाई ग्वार्कोबाट घर पुर्‍याई दिने भन्दै महालक्ष्मी नगरपालिकाको चाँगाथलीमा रहेको डेरामा लगेर जबरजस्ती बलात्कार गरेको खुलेको हो । युवकले असार १८ गते साँझ युवतीलाई ग्वार्कोबाट घर पुर्‍याई दिने भन्दै बसमा चढाएका थिए । नम्बर थाहा नभएको बसमा चढेकी युवतीलाई चाँगाथलीमा रहेको डेरामा बन्धक बनाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले… पुरा पढौ

तीन छोराछोरीसहित नदीमा हाम फालिन् महिला

एक महिला आफ्ना तीन छोराछोरीसहित सप्तकोशी नदीमा हामफालेकी छन् । छोराछोरीसहित आत्महत्या गर्न सप्तरीको सप्तकोशी नदीमा हामफालेकी महिला र उनका एक छोरालाई प्रहरीले उद्धार गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा शुक्रबार साँझ करिब ८ बजे हामफालेकामध्ये करिब ३५ वर्षीया महिलालाई शनिबार बिहान उद्धार गरिएको हो । बालकको भने शुक्रबार साँझ उद्धार गरिएको थियो । बालकको पुल नजिकै र महिलाको पुलबाट करिब ४ किलोमिटर तल पलार भन्ने स्थानबाट… पुरा पढौ

महानगरपालिकाबाट बजेट लिन यस्तोसम्म…

कार्यक्रम शीर्षकमा महानगरपालिकाबाट बजेट लिन के के गर्नुपर्ला ? आयोजक संस्थाले कार्यक्रमको उद्देश्यसहित वडा कार्यालयमा प्रपोजल पेश गर्नुपर्छ, उक्त प्रपोजलबारे वडा कार्यालयले अध्ययन गरेर महानगरपालिकालाई सिफारिस गर्छ र महानगरपालिकाले आवश्यक ठानेमा कार्यक्रम गर्न अनुमति दिन्छ । यो अनुमति पाएसंगै आयोजक संस्थाले वडा कार्यालयका प्रतिनिधिको रोहबरमा कार्यक्रम गरेर खर्च र हिसावको यथार्थ विवरण महानगरमा पेश गरिसकेपछि मात्र बजेट प्राप्त गर्ने प्रक्रिया शुरु हुन्छ । तर यहाँ वडाबाट बजेट लिनकै लागि अनौठो… पुरा पढौ

मकै पोलेर जिबिकोपार्जन (फोटो कथा )

अहिले मकैको सिजन । सडक पेटी मा मकै पोलेर बेच्ने र पोलेका मकै मिठो मानेर खानेहरु धेरै हुन्छन् । चाहे पोलेर होस् वा उसिनेर मानिसहरु दुधालु मकै खान रुचाउँछन। शहरमा बश्ने र आँफै उब्जनी नगर्ने हरुलाई मकै झन रहर बनेको छ । पोलेको मकै खाँदा स्वादिलो मात्र होइन निकै पोषणयुक्त हुन्छ । मकैमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सन्तुलित बनाउँदछ । यसमा फोलिक एसिड, प्रोटिन तथा कार्बोहाइड्रेट जस्ता… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं