सिद्ध माविमा खानेपानी ट्यांकी शिलान्यास

पोखरा महानगरपालिका वडा नं. १५ स्थित सिद्ध माविको हाताभित्र १० हजार लिटरको पानी ट्यांकी शिलान्यास शिलान्यास गरिएको छ ।

ट्यांकी शिलान्यास वडा नं. १५ का वडाध्यक्ष प्रकाश पौडेलले गरेका हुन् । वेड्स सिनियर स्कुल युकेको सहयोगमा लायन्स क्लब पोखरा अन्नपूर्ण र लायन्स क्लब पोखरा पिस टाउनको संयुक्त प्रयासमा ट्यांकी निर्माण गर्न लागिएको हो ।

उक्त अवसरमा वडाध्यक्ष पौडेलले सामाजिक क्षेत्रमा अग्रणी संस्था लायन्स क्लब पोखरा अन्नपूर्ण र लायन्स क्लब पोखरा पिस टाउनले विद्यालयमा ट्यांकी निर्माण गरेर अनुकरणीय कार्य गरेको बताए ।

सिद्ध माविका प्रधानाध्यापक गुरुदत्त कोइरालाले विद्यालयलाई खानेपानी जस्तो महत्वपूर्ण कार्यलाई सहयोग गरेकोमा आभार प्रकट गरे ।

परियोजना निर्देशक तथा लायन्स क्लब पोखरा अन्नपूर्णका सल्लाहकार सोनाम साङ्पोले पोखराका सरकारी विद्यालयमा क्रमशः खानेपानी ट्यांकी निर्माण र विस्तार गर्दै जाने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अन्नपूर्णका अध्यक्ष प्रदीप राजभण्डारी, लायन्स क्लब पिस टाउनका अध्यक्ष गिता थापा, निर्वतमान अध्यक्ष डा. बनिता कोइराला, संस्थापक अध्यक्ष नारायणी कोइराला, सचिव गणेश छविले लगायतले बोलेका थिए ।