नेपाली कांग्रेसका पूर्वनेता बलबहादुर राईको स्मृतिमा स्थापित ‘बलबहादुर राई स्मृति प्रतिष्ठान’लाई ओखलढुंगाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य यज्ञराज सुनुवारले ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेका छन् । प्रतिष्ठानको अभियान र काममा सहयोग गर्नका लागि उनले आर्थिक सहयोग गरेका हुन् ।
बल बहादुर राईको नवौं स्मृति दिवसको अवसरमा सांसद सुनुवारले सहयोगको घोषणा गरेका हुन् । बल बहादुर राईको सम्मान र सम्झनामा गरिने सृजनात्मक कामहरुमा आफूले सधैं सहयोग गर्दै आएको र आगमी दिनमा पनि यस्तो सहयोग गर्ने सांसद सुनुवारले बताए ।
राईले नेपालको प्रजातान्त्रिक आन्दोलनमा गरेको योगदान अमुल्य रहेको नेता सुनुवारको भनाई छ । नेता राईको निष्ठा, इमानदारिता र सरलता नेपालका नेताहरुको लागि अनुकरणीय रहेको नेता सुनुवारको भनाई छ ।





