किन गरे वीरबहादुरले आफ्नै श्रीमतीको हत्या ?

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा आइतबार राति श्रीमानले श्रीमतीलाई ढुङ्गाले हानेर हत्या गरेका छन् ।

पोखरा–२२ पुम्दीभुम्दी घर भई पोखरा १७ मा बस्दै आएका ४५ बर्षीय ध्रुब भन्ने वीरबहादुर सुनारले श्रीमतीलाई ढुङ्गाले प्रहार गरी हत्या गरेको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

४० बर्षीय गंगा सुनारलाई टाउकोमा ढुङ्गाले हानी हत्या गरि फरार भएपछि प्रहरीले सोमबार दिउँसो वीरबाहदुरलाई पक्राउ गरेका छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी सहायक निरीक्षक कुल बहादुर रोक्काको कमाण्डमा खटिएको टोलीले पोखरा–२२, कालिमाटीबाट उनलाई पक्राउ गरेका थियो ।

पोखरा १७ बिरुवास्थित तुलसि थापाको कुखुरा फार्ममा काम गर्दै आएका थिए । गंगामाया वीरबहादुरकी कान्छी श्रीमती हुन् ।

हत्याको कारण भने खुल्न सकेको छैन । घरायसी विवाद र मदिराको तालमा उनले श्रीमतीको हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।