यस्ता दाजु बहिनी : एउटै कोठामा रात विताएर संगै गरे आत्महत्या

महाकाली नगरपालिका–४ खलंगा बजारस्थित एक होटलमा दाजु–बहिनी नाताका युवक र युवती सँगै झुण्डिएको अवस्थामा फेला परेका छन् ।

महाकाली नगरपालिका–४ खलंगा बजारस्थित विष्ट बियर बारको एक कोठामा एक युवक र एक युवती झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शैल्यशिखर नगरपालिका–५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल पङ्खामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शैल्यशिखर नगरपालिका–५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल पङ्खामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुले सोमवार राति ८ बजे सँगै खाना खाएर बिहान चाँडै उठाई दिनु भनेर कोठामा गएको होटल सञ्चालक जानकी विष्टले बताएकी छन् ।

उनले भनिन्, ‘बिहानै उठाउन जाँदा ढोका खोलेनन्, भेन्टिलेसनबाट हेर्दा झुण्डिएको देखिएपछि प्रहरीलाई खबर गरें ।’ घटनाको जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी दीपेन्द्र शाही घटनास्थल पुगेका हुन् ।

घटनास्थलको अध्ययनपछि आफन्तलाई खबर गर्ने र पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हिम्मतबहादुर बोहराले जानकारी दिएका छन् ।

मृतकहरु दाजु–बहिनी नाता पर्ने स्थानीयले बताएका छन् । मनिषाको दुई महिनाअघि मात्र विवाह भएको जनाइएको छ । दाजु–बहिनी नाताका उनीहरु एउटै कोठामा रात बिताउनु अनि सँगै आत्महत्या गर्नु अनौठो र शंकास्पद देखिएकाले घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।