समाज

वातावरण संरक्षणका लागि बुटिक चौतारी

संरक्षणको अभावमा शहरी क्षेत्रका चौतारा लोप हुँदै गएको वास्तविकतामा पोखराका दुई संस्थाको अगुवाइमा गरिएको बुटिक चौतारी निर्माण यतिखेर उदाहरणीय बनेको छ । पोखराको हरियाली एवं वातावरणीय सुन्दरतासँगै पैदलयात्रीको विश्रामस्थलका रुपमा लिइएका बुटिक चौतारी सडकको दायाँबाँया निर्माण गरिएका हुन्। सिद्धार्थ राजमार्गसँग जोड्ने मुख्य सडकखण्डको नागढुङ्गादेखि पृथ्वीचोकसम्म ७०० मिटर लम्बाइ क्षेत्रमा लगभग रु आठ लाखको लागतमा कूल ८७ चौतारा निर्माण गरिएका छन् । पोखरा महानगरपालिका वडा नं ८ र ९ को सिमानास्थित… पुरा पढौ

ग्यास सिलिण्डर पड्किँदा सात जना घाइते, दुई गम्भीर

बाराको डुमरवानामा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका दुईसहित सात जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित स्याउली बजारमा नरजमान थिङको घरमा सिडिन्डर पड्किएको हो । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । ६७ वर्षीय नजरमान थिङसहित उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ , त्यसैगरी ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साईमाया वाइबा, ३२ वर्षीया दिलमाया वाइबा पनि सिलिण्डर पड्किएर… पुरा पढौ

हावाहुरीले दुई जनाको गयो ज्यान, घाइते सय जनाको उपचार हुँदै

कैलालीमा बिहीबार साँझ आएको हावाहुरीमा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । बिहीबार बेलुकी हावाहुरी चलेपछि टीकापुर नगरपालिका–२ राजीपुरमा मोटरसाइकल अनियन्त्रित भएर टिप्परसँग ठोक्किँदा मोटरसाइकल चालक स्थानीय वीरबहादुर चौधरीको घटनास्थलमै ज्यान गएको हो । यस्तै त्यही ठाउँमा हुरीबतासले पर्खाल भत्काउँदा पोल्ट्रिफार्म सञ्चालन गरेर बसेका ४७ वर्षका लाहानु दवैराको ज्यान गएको छ । हावा हुरीका कारण एक सय जति घाइते भएका छन् । घाइते धेरै जना सामान्य उपचारपछि घर फर्किएका… पुरा पढौ

राउटे भेट्न जादा अव टिकट काटेर जानुस्

सुन्दा अनौठो लाग्न सक्छ । हो, दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि यस्तो व्यवस्था गरेको छ । राउटे जंगलमा फिरन्ते जीवन बिताउँदै आएको समुदाय हो । योे समुदायको छुट्टै भाषा र संस्कृति छ ।सामाजिक रूपान्तरणको चरणमा रहेका राउटे समुदायको बस्तीमा पुग्नेको संख्या बढेपछि गाउँपालिकाले यसलाई पर्यटन व्यवसायका रूपमा अगाडि बढाउने तयारी गरेको छ । ‘राउटेलाई हेर्न आउनेको संख्या बढ्दो छ। जथाभाबी प्रवेश गर्ने भीडले राउटेको संस्कृति… पुरा पढौ

श्रीमानले धोका दिएपछि छोरीसहित आत्महत्या

ललितपुरको महाँकाल गाउँपालिकामा एक महिलाले अनौठो र रहस्यमय रुपमा आत्महत्या गरेकी छन् । श्रीमानले अर्की श्रीमती ल्याएका कारण जानु केही महिनादेखि एक्लै बस्दै आएकी थिइन् । महांकाल गाउँपालिका–४ स्थित गुम्बाडाँडामा २१ महिनाकी छोरीलाई पहिला झुण्ड्याएर एक महिलाले आत्महत्या गरेकी छन् । आत्महत्या गर्ने महिला मुगुकी २६ वर्षे जानु शर्मा रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार साँझ ६ः३० बजेतिर घटनाका बारेमा जानकारी आएपछि ललितपुर प्रहरी घटनास्थलमा पुगेको थियो । जानु… पुरा पढौ

हजारौ निर्मलाहरुको न्याय माग्दै पोख्रली बालिकाहरु सडकमा

बिहिबार पोखरामा निर्मलाहरुको न्यायको निम्ति बृहत दबाब मुलक कार्यक्रम भएको छ। पोखरा महानगरपालिको सहकार्यमा भएको उक्त कार्यक्रम पोखरा नगर बाल मन्चले आयोजना गरेको हो। पोखरा मानव अधिकार चोक बाट शुरु भएको दबाबमुलक र्‍याली बि।पि चोक न्यु रोड सभागृह चोक हुँदै पृथ्वीचोकमा कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै पोखरा नगर बाल मन्चका अध्यक्ष आरोग्य मोहन काफ्लेले राज्यले यसरी अन्यायको खेती गर्दै गयो भने बालकहरु पनि लड्न पछि नहट्ने… पुरा पढौ

भूकम्प पीडित लाभग्राहीविच सार्वजनिक सुनुवाई तथा अन्तर्क्रिया

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई कास्कीको आयोजनामा भुकम्प पिडित लाभग्राही विच पुनर्निर्माणसम्बन्धी सार्वजनिक सुनुवाई तथा अन्तर्क्रिया कार्यक्रम भएको छ। भुकम्प पिडितहरुले राखेको गुनासा तथा समस्याका विषयमा समाधान गर्नको लागी उक्त कार्यक्रम गरिएको हो । अन्नपूर्ण गाउँपालिका वडा नं १, २ र ३ को भूकम्प पीडित लाभग्राहीहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा लाभग्राहीले राखेका गुनासा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, जिल्ला आयोजना प्रमुख नवराज शर्मा र ईन्जिनियर लक्ष्मण जिसी… पुरा पढौ

यौन दुर्व्यवहार आरोपमा प्रधानाध्यापक पक्राउ

ललितपुरमा विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । कक्षा ३ मा पढ्ने बालिकालाई कक्षामा कोही नभएको वेला यौन दुर्व्यवहार गरेको परिवारको आरोपमा फुर्के डाँडा प्रा.वि.का प्रधानाध्यापक रामनारायण यादवलाई पक्राउ गरिएको हो । घटनालाई गाउँमै मिलाउन खोजिएपछि प्रहरी वृत्त, चापागाउँमा उजुरी पुगेको थियो । महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले पीडित र पीडक पक्षलाई राखेर बुझ्ने काम भइरहेको बताए । पुरा पढौ

आमाछोरी झुण्डिएको अवस्थामा फेला

ललितपुरको महांकाल गाउँपालिका कालेश्वरमा आमाछोरी झुण्डिएको अवस्थामा फेला परेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाले दिएको जानकारी अनुसार आमा जानी शर्मा र छोरी राधिका शर्मा झुण्डिएको अवस्थामा फेला परेका हुन्। अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत चापागाउँबाट डिएसपीको कमाण्डमा एक टोली पुगेको छ । भने प्रहरी चौकी कालेश्वरले पनि घटनाको मुचुल्का उठाउँदै गरेको डिएसपी चिमोरियाले बताए। आत्महत्याको कारण भने हालसम्म नखुलेको र थप अनुसन्धान भैरहेको उनले बताए। पुरा पढौ

चार महीनामा दश हजार विदेशी पर्यटक मनाङमा

अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । लामो समयसम्म ठूलो हिमपात परेकोले उक्त स्थानमा समयमा ब्यवसायी पुग्न नसकेकोले सोचे जस्तो पर्यटक आगमनको नभएको हो । बाक्लो हिमपातका कारण लमजुङबेसीशहरबाट मनाङ हिँडेका पर्यटक बीच बाटोबाटै फर्किएका थिए । तर यस्तो परिस्थितिमा पनि गत वर्षको तुलनामा पर्यटकको आगमनमा कुनै गिरावट नआएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका पर्यटक सहायक आशिष विश्वकर्मले बताए । उनका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं