बाराको डुमरवानामा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका दुईसहित सात जना घाइते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित स्याउली बजारमा नरजमान थिङको घरमा सिडिन्डर पड्किएको हो । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ ।
६७ वर्षीय नजरमान थिङसहित उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ , त्यसैगरी ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साईमाया वाइबा, ३२ वर्षीया दिलमाया वाइबा पनि सिलिण्डर पड्किएर घाइते भएका छन् ।
घाइते सबैको शरीरको विभिन्न भाग र कपाल जलेको छ । घाइतेमध्ये नजरमानकी बुहारी ज्ञानीमाया र अनिताको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक कलमबहादुर शाहीले जानकारी दिएका छन् ।
प्रनानि शाहीकाअनुसार रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएको र आगो बाल्दा ग्यास पड्किएको हो । घाइतेहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ ।




