समाज

चार महीनामा दश हजार विदेशी पर्यटक मनाङमा

अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । लामो समयसम्म ठूलो हिमपात परेकोले उक्त स्थानमा समयमा ब्यवसायी पुग्न नसकेकोले सोचे जस्तो पर्यटक आगमनको नभएको हो । बाक्लो हिमपातका कारण लमजुङबेसीशहरबाट मनाङ हिँडेका पर्यटक बीच बाटोबाटै फर्किएका थिए । तर यस्तो परिस्थितिमा पनि गत वर्षको तुलनामा पर्यटकको आगमनमा कुनै गिरावट नआएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका पर्यटक सहायक आशिष विश्वकर्मले बताए । उनका… पुरा पढौ

मस्जिदमै कुटिए मेयर

आज देशभर मुस्लिम समुदायले हर्ष उल्लाषका साथ इद मनाईरहेका छन् । यसबीच इदकै बेला मस्जिदमा मेयर कुटिएका छन् । चन्दा नदिएको भन्दै राजपुर नगरपालिकाका मेयर शेख सकिललाई मस्जिदमै कुटिएको हो । राजपुरको महम्मुदिया मस्जिदमा स्थानीय एक समूहले मेयरमाथि कुटपिट गरेका हुन् । ईदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा मागेका थिए । पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको र तर यस पटक ईदको अघिल्लो दिन मंगलबारसम्म मेयरले सहयोग… पुरा पढौ

शुभकामनाका सदस्यलाई योजना तर्जुमा तथा प्रस्तावना लेखन तालिम

पोखरा–४ स्थित शुभकामना महिला विकास केन्द्रद्वारा आयोजित योजना तर्जुमा तथा प्रस्तवना लेखन तालिम बुधबार सकिएको छ । ५ दिनसम्म आयोजित तालिममा सहभागीलाई पत्रकारद्वय प्रकाश ढकाल, हरि पन्त र पोखरा महानगरकी निर्मला शर्माले प्रशिक्षण दिएकी थिइन् । तालिममा सहभागीलाई पोखरा ४ का वडाध्यक्ष शंकर प्रसाद बास्तोलाले प्रमाणपत्र वितरण गरेका थिए । उक्त अवसरमा बोल्दै वडाध्यक्ष बाँस्तोलाले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरे । उनले पोखरा–४ पोखराकै केन्द्र विन्दु र सबैको… पुरा पढौ

किन चन्द्रमालाई हेरेर मनाइन्छ इद ?

मंगलबार साउदी अरबमा ईदको चन्द्रमा देखाइएको थियो । त्यसपछि बुधवार विश्वभर ईद–उल–फित्र मनाइँदै छ । त्यसो त रमजानको यो पर्व ३० दिनसम्म चल्ने गर्छ । तर, यसपटक भने यो केवल २९ दिनको छ ।  धेरैलाई चन्द्रमा हेरेपछि मात्र इद मनाइन्छ भन्ने थाहा हुन्छ तर चन्द्रमा हेरेर ने किन इद मनाइन्छ भन्ने विषयमा भने धेरैलाई थाहा नहुन पनि सक्छ । इदलाई अल्लाहबाट पुरस्कार पाउने दिन मानिन्छ । यो पर्व मनाउनुभन्दा पहिला… पुरा पढौ

आमाले विहे गर्न नमानेपछि छोरी अपहरण

चार सन्तानकी आमासँग आशक्त एक व्यक्तिले महिलाले विहेको प्रस्ताव अस्वीकार गरेको झोंकमा उनकै ९ वर्षकी छोरीको अपहरण गरेका छन् । मंगलबार यो घटनाको खुलासा भएको हो ।  पुलिसले सय बढी सिसिटिभी फुटेज अनुसन्धान गरेपछि १२ घण्टाभित्रै अपहरणको घटना फर्दाफास भएको हो । यो घटना भारतको राजधानी दिल्लीको हो । भारतीय समाचार माध्यमका अनुसार जून २ तारिख (जेठ १९) दिउँसो दुई बजे बालिका घर नजिकैको पसलमा अण्डा लिन गएकी थिइन् ।… पुरा पढौ

अन्तरजातीय विवाह गरेका १५ दम्पती सम्मानित

अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई मंगलबार सम्मान गरिएको छ । चौधौँ छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले म्याग्दीको बेनीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । जातीय विभेद हटाउन अन्तरजातीय विवाहले सकरात्मक भूमिका निर्वाह गर्ने भएकाले उनीहरुको हौसलाका लागि सम्मान गरिएको सङ्घर्ष समितिका संयोजक विश्वकर्माले जानकारी दिए । समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिाकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष… पुरा पढौ

सरिता लामिछानेलाई ज्यान मार्ने धम्की

अभिनेत्री सरिता लामिछानेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छन्। चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि उनले उम्मेदवारी दिएकी छन् । अध्यक्ष पदमा उम्मेदवारी दिए पछि आफुलाई ज्यान मार्ने धम्की आएको सरिताले बताएकी छन् । ज्यान मार्ने धम्की आएपछि सरिताले राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो खुलासा गरेकी हुन्। ‘उम्मेदवारीपछि मैले धेरै किसिमका धाकधम्की र बेइजती सहिरहनु परेको छ’ सरिताले भनिन्, ‘आफ्नो ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु।’ पत्रकार… पुरा पढौ

ट्रकसँग स्कुटी ठोक्किँदा नर्सको मृत्यु

कोशी राजमार्गअन्तर्गत धरान–इटहरी सडक खण्डमा ट्रकसँग स्कुटी ठोक्किँदा स्कुटी चालकको मृत्यु भएको छ । धनकुटा महालक्ष्मी नगरपालिका मारेकटहरे घर भए भई हाल धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स कविता तुम्बाको मृत्यु भएको हो । उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । टहरीबाट धरानतर्फ आउँदै गरेकी राईले चलाएको को२६प ५८१ नं को स्कुटी ना५ख ४२४५ नं को ट्रकसँग ठोक्किएको हो । पुरा पढौ

फेसबुकले उडायो सुन्दर संसार

पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाडौं आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्धसमेत राखे । फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे । उनले केही नसोची युवकले भनेजसरी गरिन् । समय बित्दै गयो । भेट्न बोलाएको ठाउँमा युवती नपुगेपछि युवकले फोन गरेर पहिला खिचेका फोटो र भिडियो पोस्ट गर्ने धम्की दिन थाले । उनले प्रहरी गुहार्ने बताएपछि युवकले… पुरा पढौ

मस्यार्ङदी नदिको ड्याममा शव फेला

तनहुँको आबुखैरेनी गाउँपालिका-२ मार्कीचोक स्थित मस्यार्ङदी नदिको ड्याममा एक पुरुषको शव फेला परेको छ । डयाममा गोरखाको पालुङटार नगरपालिका- ७ च्याङलीका ईश्वर कुमाल मृत अवस्थामा फेला परेको हो । उनि के कारणले नदिको ड्याममा मृत अवस्थामा फेला परे भन्ने विषयमा आवश्यक अनुसन्धान भैरहेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिएका छन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं