अन्तरजातीय विवाह गरेका १५ दम्पती सम्मानित

अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई मंगलबार सम्मान गरिएको छ । चौधौँ छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले म्याग्दीको बेनीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

जातीय विभेद हटाउन अन्तरजातीय विवाहले सकरात्मक भूमिका निर्वाह गर्ने भएकाले उनीहरुको हौसलाका लागि सम्मान गरिएको सङ्घर्ष समितिका संयोजक विश्वकर्माले जानकारी दिए ।

समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिाकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, समितिका संयोजक बलबहादुर विश्वकर्मालगायतले अन्तरजातीय विवाह गरेका दम्पतीलाई अभिनन्दन गरेका थिए ।