मस्यार्ङदी नदिको ड्याममा शव फेला

तनहुँको आबुखैरेनी गाउँपालिका-२ मार्कीचोक स्थित मस्यार्ङदी नदिको ड्याममा एक पुरुषको शव फेला परेको छ ।

डयाममा गोरखाको पालुङटार नगरपालिका- ७ च्याङलीका ईश्वर कुमाल मृत अवस्थामा फेला परेको हो ।

उनि के कारणले नदिको ड्याममा मृत अवस्थामा फेला परे भन्ने विषयमा आवश्यक अनुसन्धान भैरहेको प्रदेश प्रहरी प्रवक्ता गोविन्द पुरीले जानकारी दिएका छन् ।