समाज

कोरियामा उपचारका क्रममा एक नेपालीको मृत्यु

दक्षिण कोरियामा कार्यरत एक नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिनादेखि सोलको एक अस्पतालमा उपचाररत पर्वत फलेवास-५ खानीगाउँका अमृत कुँवर रहेको सोलस्थित नेपाली दूतावासले जनाएको छ। ६ महिनाअघि कम्पनीमा काम गरिरहेकै अवस्थामा एक्कासी बेहोस भएका कुँवरलाई सोलस्थित हान्निम मुटु अस्पतालको आईसियुमा राखेर उपचार गरिँदै आएको थियो । कुँवरको गत महिना फोक्सोले काम नगरेपछि फोक्सोको सफल प्रत्यारोपण गरिएको थियो। घटनाका विषयमा मृतकका परिवारलाई जानकारी गराईसकिएको कोरियाकालागि नेपाली… पुरा पढौ

अन्धविश्वासले झन्डै गयो ज्यान, प्लेन चार्टर गरी उद्धार

घरछेउमै छ धारो, तर उनलाई त्यहाँ नुहाउन अनुमति छैन । बाजुराको बुढीनन्दा नगरपालिका ४ की सरिता रोकायाले नुहाउनका लागि खोलैमा पुग्नु प¥यो । दुर्भाग्य, नुहाउँदा नुहाउँदै माथिबाट आएको ढुंगाले लागेर उनी सख्त घाइते भइन् । घाइते सरितालाई सोमबार बुढीनन्दा नगरपालिका र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्लेन चार्टर गरी उपचारका लागि नेपालगञ्ज पठाइएको हो । करिब २ लाखमा प्लेन चार्टर गरी सरितालाई पठाइको बुढीनन्दाकी उपमेयर सृष्टि रेग्मीले जानकारी दिइन् ।… पुरा पढौ

नगरपालिकामा चार दिनदेखि तालाबन्दी

बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिकाको कार्यालयमा चार दिनदेखि तालाबन्दी गरिएको छ । नगरपालिका–५ र ७ का स्थानीयवासीले नागरिकको स्वास्थ्यबारे ख्यालै नगरी मनोमानी रुपमा डम्पिङ साइड निर्माणका लागि गरिएको निर्णय खारेजीको मागसहित कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेका हुन् । कार्यालयमा तालाबन्दी भएपछि कर्मचारी आउने र घर फर्किने काम गरिरहेका छन् । नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि ५ र ७ नंको बीच भागलाई रोजेर निर्णय गर्नु न्यायिक नभएको तालाबन्दी गर्नेहरुको भनाइ रहेको… पुरा पढौ

म्याग्दीमा एक सय मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण शुरु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको हो । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले नीलगिरि क्यासकेडको पहुँच मार्ग बनाइसकेको र नीलगिरिको पहुँचमार्ग निर्माण शुरु भएको जानकारी दिए । नारच्याङको मिरिस्ती र घलेम्दी खोलाको दोभानमा प्रस्तावित विद्युत्गृहदेखि छोटेपा भन्ने ठाउँमा रहने बाँधसम्म सडक पुर्याएको… पुरा पढौ

५ करोड ठगी गर्ने अस्पतालका सञ्चालक पक्राउ

पर्सा प्रहरीले ५ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने एक अस्पताल सञ्चालकलाई पक्राउ गरेको छ। वीरगञ्जको छप्कैयामा रहेको एसिया मेडिकेयर अस्पतालका सञ्चालक २८ वर्षीय सुरजकुमार सर्राफलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो। पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले विभिन्न मितिमा ४० जना भन्दा बढी व्यक्तिबाट ५ करोड ७७ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो। अस्पताल बनाउन भनेर लिएको ऋण सर्राफले नतिरेको प्रहरीले जनाएको छ।… पुरा पढौ

विहे गर्छु भन्दै बालिका बलात्कार गर्ने पक्राउ

प्रेमको प्रपञ्च रच्दै बिहे गर्ने झुटो आश्वासन दिएर बालिकामाथि बलात्कार गर्ने एक जनालाई पक्राउ गरिएको छ । विराटनगर–१४ घर भएकी १६ वर्षीय बालिकामाथि बलात्कार गरेको अभियोगमा २५ वर्षीय विवेक भनिने दिब्य पोद्धारलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार प्रहरीका अनुसार पोद्धारले बिहे गर्छु भन्दै झुटो आश्वासन दिएर गत वैशाख १० गते बालिकालाई बलात्कार गरेको खुलेको छ । उनी विरुद्ध आइतबार जबरजस्ती करणी ऐन अन्तर्गतको… पुरा पढौ

पशुको स्वस्थ्यका लागि परजीवी नियन्त्रण आवश्यक छ

पशु स्वास्थ्यमा देखिएको परजीवी प्रकोप नियन्त्रण गर्न सकेमा मुलुकमा पच्चीस प्रतिशतले उत्पादनमा वृद्धि हुने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको चौथो स्थापना दिवसका अवसरमा पोखरा–२० स्थित मौजा आँटीघरमा आयोजित सरोकारवालासँगको अन्तरक्रिया तथा पशु स्वास्थ्य, बाँझोपन निवारण शिविरमा उक्त कुरामा जोड दिइएको हो । पशुको स्वास्थ्य परीक्षणमा देखिएको जुका, चुर्नालगायत विभिन्न खालका परजीवीका कारण उत्पादनमा कमी आउनुका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने गरेको… पुरा पढौ

बलात्कार अभियोगमा वडा सदस्य जेल चलान

इटाभट्टामा काम गर्ने युवतीलाई बलात्कार गरेको आरोप लागेका ओखलढुंगाका एक जनप्रतिनिधिलाई जेल चलान गरिएको छ । जिल्लाको लिखु गाउँपालिका ३ का वडा सदस्य विष्णु श्रेष्ठलाई शुक्रबार जिल्ला अदालतले पूर्वक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । श्रेष्ठलाई कारागारमा पठाईएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । वडा सदस्य श्रेष्ठ विरुद्द परेको मुद्दाको विषयमा अनुसन्धान सकिएपछि पूर्वक्षका लागि चलान गरिएको प्रहरी प्रमुख मल्लको भनाई छ । वडा सदस्य श्रेष्ठ… पुरा पढौ

श्रीमतीमाथि बञ्चरो प्रहार

बाँकेको जानकी गाउँपालिकामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छन् । जानकी गाउँपालिका वडा–३ मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले शनिबार बिहान ९ बजेतिर ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका प्रहरी नायब निरीक्षक राजकुमार सिंहले जानकारी दिए । श्रीमतीमाथि बञ्चरो प्रहार गरेपछि पञ्चराम आफैँ प्रहरी कार्यालय पुगेका थिए । हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बञ्चरो प्रहारबाट गम्भीर घाइते कप्तराको शिक्षण अस्पताल नेपालगञ्जमा… पुरा पढौ

भारतमा रडले टाउकोमा हानी नेपालीको हत्या

बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ । जेठ ६ गते हत्या गरिएको भए पनि चन्दलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । चन्दको हत्या गरेको आरोपमा पिथौरागढका नीरज… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं