घरछेउमै छ धारो, तर उनलाई त्यहाँ नुहाउन अनुमति छैन । बाजुराको बुढीनन्दा नगरपालिका ४ की
सरिता रोकायाले नुहाउनका लागि खोलैमा पुग्नु प¥यो । दुर्भाग्य, नुहाउँदा नुहाउँदै माथिबाट आएको ढुंगाले लागेर उनी सख्त घाइते भइन् ।
घाइते सरितालाई सोमबार बुढीनन्दा नगरपालिका र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्लेन चार्टर गरी उपचारका लागि नेपालगञ्ज पठाइएको हो । करिब २ लाखमा प्लेन चार्टर गरी सरितालाई पठाइको बुढीनन्दाकी उपमेयर सृष्टि रेग्मीले जानकारी दिइन् । उनले भनिन्, ‘२१ औं शताब्दीमा कुसंस्कारले अझै ज्यान दिइरहेको छ । यो विडम्बनापूर्ण हो ।’
बाजुरामा छाउ प्रथा अझै हट्न सकेको छैन । छाउगोठ अधिकांश भत्काइए पनि छाउ बार्ने चलन छँदै छ ।
महिनावारी भएका महिलालाई बाजुरामा धारामा नुहाउन दिइँदैन । महिनावारी भएकी सरिता घर छेउकै धारो छाडेर खोलामा पुगेकी थिइन् । ढुंगा लागेर उनको ढाँडमा गम्भीर चोट लागेको छ ।
सरिताको उपचार कोल्टीमा सम्भव नभएको र सोमबार कुनै फ्लाईट नभएकाले प्लेन चार्टर गरी उद्धार गरिएको हो । बाजुरामा छाउ प्रथा अझै हट्न सकेको छैन । छाउगोठ अधिकांश भत्काइए पनि छाउ बार्ने चलन छँदै छ ।





