विहे गर्छु भन्दै बालिका बलात्कार गर्ने पक्राउ

प्रेमको प्रपञ्च रच्दै बिहे गर्ने झुटो आश्वासन दिएर बालिकामाथि बलात्कार गर्ने एक जनालाई पक्राउ गरिएको छ ।

विराटनगर–१४ घर भएकी १६ वर्षीय बालिकामाथि बलात्कार गरेको अभियोगमा २५ वर्षीय विवेक भनिने दिब्य पोद्धारलाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार प्रहरीका अनुसार पोद्धारले बिहे गर्छु भन्दै झुटो आश्वासन दिएर गत वैशाख १० गते बालिकालाई बलात्कार गरेको खुलेको छ ।

उनी विरुद्ध आइतबार जबरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका पोद्धारको ८ वर्ष अघि नै बिहे भइसकेको खुलेको प्रहरीको भनाइ छ ।