समाज

कारको ठक्करबाट नेपाली सेनाका लेस नायकको मृत्यु

मकवानपुर भिमफेदी गाउँपालिकाको भैसेसामरी पुल नजिकै बुधबार राति कारले मोटरसाइकलाई ठक्कर दिँदा नेपाली सेनाका लेस नायकको ज्यान गएको छ । काठमाण्डौबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसेतर्फ गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुपारेटार ब्यारेकका लेस नायक पदमा कार्यरत ३० वर्षीय विवेश तामाङको ज्यान गएको हो । कारको ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि काठमाण्डौ लगिएको थियो । उनको… पुरा पढौ

लागुऔषध प्रयोग पूर्ण निरुत्साहित गर्नुपर्छ : थापा

कस्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, भुर्जुङखोलास्थित माछापुच्छ्रे माविमा लागुपदार्थ दुर्व्यसनी विरुद्ध प्रशिक्षण आयोजना गरियो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले प्रशिक्षण आयोजना गरेको हो । विद्यालयमा अध्ययनरत १ सय ८५ जना विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो । वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपक थापाले लागुपदार्थको असर, हुन सक्ने कानुनी कारबाही र दुर्व्यसनबाट बाच्न अपनाउनु पर्ने उपायका बारेमा… पुरा पढौ

चट्याङ लागेर ६५ बर्षिया बृद्धाको मृत्यु

पश्चिम नवलपरासीमा चट्याङ लागेर ६५ बर्षिया बृद्धा मृत्यु भएको छ । आज दिउँसो १ः४५ बजेको समयमा बाटोमा हिँडिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा प्रतापपुर गाउँपालिका–५ बेताहानीका ६५ वर्षीय झिन्कु लोनियाको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल पु¥याईदा चिकित्सकले मृत घोषणा गरेका थिए । पुरा पढौ

श्रीमती गर्भवती बनाएर श्रीमानले अर्को विवाह गरे, सुत्केरी श्रीमतीको बिजोग

अन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर वेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका–४ की प्रमिला सिवाको बिजोग भएको छ । एक वर्ष अघि सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका विजय ताम्लिङ लिम्बूसँग अन्तरजातीय विवाह गरेकी सिवाको लिम्बूले गर्भवती बनाएर अर्को विवाह गरेपछि बिचल्ली भएको हो । आर्थिक अवस्था कमजोर भएकी प्रमिलाको कोखबाट मङ्गलबार पाँचथर अस्पतालमा छोरीको जन्म भएपछि सुत्केरी सिवाको हेरचाह गर्ने मान्छेसमेत नभएपछि उनि विचल्लीमा परेका हुन् । अहिले आमा र शिशु दुवैको अवस्था… पुरा पढौ

७२ घरपरिवारलाई खानेपानी वितरण गरेपछि स्थानिय हर्षित

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ च्यासिङखर्कका उच्च भेगमा रहेको ७२ घरपरिवारलाई खानेपानी वितरण गरिएको छ । खानेपानीको चरम अभाव रहेको त्यहाँका खलङ्गाडाँडा, लुङसुरडाँडा, कामीडाँडा र च्याल्टीलगायतका बासिन्दाका लागि परोपकार प्राथमिक उपचार केन्द्रको आयोजना र ग्रामीण खानेपानी सरसफाइ कोष विकास समिति फण्डबोर्ड को आर्थिक सहयोगमा च्यासिङखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी आयोजना वितरण गरिएको हो । सो वडाका खलङ्गाडाँडाका स्थानीय बासिन्दा सनीमाया तामाङले वर्षौदेखि झेल्दै आएको खानेपानी अभाव अहिले आएर पूरा भएकामा… पुरा पढौ

युवतीलाई एसिड हान्नेलाई ४ वर्ष कैद

दाङमा किशोरीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई चारवर्ष कैद फैसला गरिएको छ । घोराही उपमहानगरपालिका–१७ कि २२ वर्षीया रीता चौधरीमाथि एसिड प्रहार गर्ने नेपालगञ्ज उपमहानगरपालिका–६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार वर्ष कैदको फैसला सुनाइएको हो । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले रीतामाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै मिश्रलाई चार वर्ष कैद, रु एक लाख जरिवाना र पीडितलाई रु एक लाख ४५ हजार क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला गरेको… पुरा पढौ

जथाभावी हर्न बजाउदा ४ सय भन्दा बढी सवारीसाधन कारबाहीमा

ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारबाहीलाई कडाइ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार मात्र ४ सय १३ सवारीसाधनलाई कारबाही गरेको छ। उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गर्दा उक्त सवारीसाधन कार्वाहीमा परेका हुन् । ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी… पुरा पढौ

किशोरी हत्या गरि फरार एक जना पक्राउ

हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार प्रजा सहनीलाई नियन्त्रणमा लिएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित नेपाल भारतको सीमानामा लुकीछिपी बसिरहेको अवस्थाबाट सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सोमिन्द्र राठौरले जानकारी दिए । गत चैत १८ गते बिहान बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी बस्ने वर्ष ५६ वर्षीय किशोरी सहनीको हत्या गरी फ्यालिएको अवस्था शव फेला परेको थियो… पुरा पढौ

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अघि बढाउन आग्रह

बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् । यही जेठ १५ गते रंगशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएकोपछि सञ्चालन गर्न धुर्मुससुन्तलीलाई आग्रह गरिएको हो । बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ । उनीहरूले सार्वजनिक रुपमा क्षमायाचना गर्दै भत्काइएको बार आफैँ निर्माण गर्ने जनाएका छन् । स्थानीयवासीले सडक फराकिलो बनाउन… पुरा पढौ

घाँस काट्न जादा करेन्ट लागेर एक महिलाको मृत्यु

घाँस काट्न जंगल जाँदै गरेकी एक महिलाको सल्यानमा करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका २ की ३६ वर्षिया भुमी ओलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। स्थानीय सेराचौरमा घाँस काट्न जंगल जाँदै गरेकी उनीलाई भुइँमा झरेको तारबाट करेन्ट लागेको बताइएको छ। हिड्दै गर्दा बिजुलीको तारमा अड्कीएपछि उनलाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट जानकारी आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। भुमीको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं