पश्चिम नवलपरासीमा चट्याङ लागेर ६५ बर्षिया बृद्धा मृत्यु भएको छ ।
आज दिउँसो १ः४५ बजेको समयमा बाटोमा हिँडिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा प्रतापपुर गाउँपालिका–५ बेताहानीका ६५ वर्षीय झिन्कु लोनियाको मृत्यु भएको हो ।
चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल पु¥याईदा चिकित्सकले मृत घोषणा गरेका थिए ।




