ताजा समाचार

समाज

हिन्दूराष्ट्र बनाउन फागुन ७ बाट जनसंघर्ष : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताएका छन् । विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएकाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि राष्ट्रिय जनता पार्टीले आगामी फागुन ७ गतेदेखि जनसङ्घर्षको अभियान थालनी गर्ने उनले बताए । मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसङ्ख्यक हिन्दू आस्थावान्प्रति प्रहार भएको दाबी गरे… पुरा पढौ

यि हुन सबैभन्दा बढी बलात्कार हुने विश्वका ५ देश : भारत पाँचाैमा

एक अध्यनले अमेरिका देखि न्युजिल्याण्डजस्ता देशमा समेत महिला सुरक्षित नरहेकाे खुलेकाे छ । हामी तपाईंलाई विश्वका ५ देशबारे जानकारी दिन गइरहेका छौँ जहाँ सबैभन्दा बढी बलात्कारका घटना हुने गर्छन् । १.साउथ अफ्रिकाः विश्वमा सबैभन्दा बढी बलात्कार साउन अफ्रिकामा हुने गर्छ । त्यहाँ वर्षमा करिब ५ लाख महिलाहरू बलात्कारकाे सिका बनिने गरेकाे अनुशन्धानले देखाएकाे छ  । जहाँ ९ मध्ये केवल १ मा बलात्कारको घटना रेकर्डमा दर्ता हुने गर्छ । मेडिकल रिसर्ज काउन्सिलद्धारा जारी रिपोर्टका… पुरा पढौ

निर्मला पन्तको पोष्टर टाँस्नेमाथि लाठीचार्ज

दाङको घोराहीमा निर्मला पन्तको पोस्टर टाँस्ने अभियन्ताहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ । पोस्टर टाँस्ने समिर ओली लगायत पाँच जनालाई पक्राउ पनि गरेको छ । बुधबार दिउँसो पोस्टर टाँसिरहेको समूहमाथि प्रहरीले लाठीचार्ज गरेको हो । मंगलबार पनि पोस्टर टाँस्न प्रहरीले अवरोध गरेको थियो । पुरा पढौ

अब झाडापखालाले मर्दैनन् जाजरकोटवासी !

जागरकोटको सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिकाको सबै वडामा हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । समय, समयमा हुनेगरेका प्रकोप तथा जोखिमको समयमा सहज रुपले सेवाप्रवाह गर्नका लागि गाउँपालिकाले १८ लाख खर्च गरेर हेलिप्याड निर्माण गरेको शाहको भनाइ छ । गाउँपालिकाको नौ वडामा हेलिप्याड निर्माण भइसकेकाले चाहेको समयमा हवाई मार्गबाट सेवा दिन सकिने भएको छ । जुम्लाको सिमानासँग जोडिएको यो बारेकोट गाउँपालिका जिल्लाको… पुरा पढौ

बेपत्ता आयोगले बनायो ५ समिति

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडित परिवारलाई परिचयपत्र उपलब्ध गराउन र कारवाहीका लागि प्राप्त सिफारिशलगायत कामका लागि पाँच समिति समिति गठन गरेको छ । भविष्यमा द्वन्द्व हुन नदिने उद्देश्यले संस्थागत सुधारको सुझाव तयारी समिति, परिपूरण सिफारिश तथा मापदण्ड तयारी समिति, पीडकको बयान कार्यविधि तयारी समिति, बेपत्ता पीडित परिचयपत्र वितरण कार्यविधि तयारी समिति र कारवाही सिफारिश मापदण्ड समिति गठन गरिएको हो । अध्यक्ष लोकेन्द्र मल्लिकको संयोजकत्वमा भविष्यमा द्वन्द्व हुन नदिन संस्थागत… पुरा पढौ

पत्रकार महासंघमा सेनेटरी प्याड व्यवस्थापन

नेपाल पत्रकार महासंघ कास्कीको कार्यलयमा सेनेटरी प्याड व्यवस्थापन गरिएको छ । महिला मैत्री कार्यलयका लागि पत्रकार महासंघले सेनेटरी प्याड व्यवस्थापन गरेकाे हाे । कास्कीका उपाध्यक्ष विमला भण्डारीलाइ पुर्व केन्द्रीय सदस्य तथा अभियन्ताले हस्तान्तरण गरि घाेषणा गरिएको हाे । कार्यक्रममा पत्रकार तथा सुचना अायुक्त यसाेदा तिमिल्सिना , अग्रज पत्रकार वद्री विनोद प्रतिक,कृष्ण वास्ताेला,नवराज सुवेदी, केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, अध्यक्ष दिपेन्द्र श्रेष्ठ , प्रदेश कार्यवहाक अध्यक्ष शान्ति गुरुङ,संचारिका अध्यक्ष जमुना शर्मा ,जिल्ला… पुरा पढौ

पोखरा ५ का सबै स्कुल सेनेटरी प्याडयुक्त

पोखरा ५ का सबै शैक्षिक संस्थालाई सेनेटरी प्याडयुक्त घोषणा गरिएको छ । शिक्षा समितिको आयोजना तथा वडा कार्यालयको सहयोग र सामाजिक जागरणका लागि नारी अभियानको पहलमा सोमबार उक्त घोषणा गरिएको हो । महानगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष धनबहादुर नेपालीले वडा ५ भित्रका सम्पूर्ण शैक्षिक संस्था प्याडयुक्त घोषणा गर्दै यसको कार्यान्वयनमा जोड दिए । उनले देख्दा सानो भए पनि संवेदनशील विषय रहेकाले सेनेटरी प्याड व्यवस्थापनमा वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।… पुरा पढौ

बलात्कारपछि फरार भारतीय पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीयलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल पर्वतको फलेवास नगरपालिकामा मजदूरी गर्दै आएका २२ वर्षीय सद्रे आलम छन् । आलमले फलेवास नगरपालिका–५ खानीगाउँकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेको भनी प्रहरीमा उजुरी परेको आधारमा खोजी गर्दा सोही ठाउँमा लुकीछिपी बसेको अवस्थामा आलम पक्राउ गरेको हो ।… पुरा पढौ

गैरसरकारी संस्था महासङ्घमा जीतराम

गैरसरकारी महासङ्घ नेपालको अध्यक्षमा जीतराम लामा निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न २४ औँ साधारणसभा तथा नवौँ महाधिवेशनले लामाको नेतृत्वमा आगामी तीन वर्षका लागि ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । वरिष्ठ उपाध्यक्षमा धुव्र देव, उपाध्यक्षमा सुमित्रा शर्मा, महासचिवमा रामप्रसाद सुवेदी, उपमहासचिवमा अर्जुन भट्टराई र दिनेश चौधरी निर्वाचित भएको महासङ्घले जनाएको छ । त्यस्तै सचिवमा प्रत्येक प्रदेश हेर्ने गरी सातजना तथा कोषाध्यक्षमा विष्णु थकाली निर्वाचित भए । महिला, आदिवासी जनजाति,… पुरा पढौ

हिराचनको अन्त्येष्टीमा गाउँनै स्तब्ध

रिपोटर्सको डायरी पूर्व मन्त्री नरबहादुर हिराचनको अन्त्येष्टी कार्यक्रममा शिङ्गो गाउँनै स्तब्ध भएको छ ।शनिवार पोखरामा निधन भएका हिराचनको आज सोमबार धार्मिक परम्परा अनुसार बाजागाजासहित मार्फा खोलामा अन्त्येष्टी गरिएको हो ।पूर्व मन्त्री हिराचनको पार्थिव शरिरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष एवं उहाका ज्येष्ठ सुपुत्र भूपेन्द्र हिराचनले पार्टीको झन्डा ओडाएर श्रद्धान्जली अर्पण गरेका थिए ।यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य अजित थकालीले पार्टीको झन्डा आधा भुकाएर श्रद्धान्जली अर्पण गरे ।… पुरा पढौ