ताजा समाचार

असार २ गते २०७६

तराई गर्मीबाट हैरानी ,बिद्यालय एक साताका लागि बन्द

अत्याधिक गर्मीका कारण तराईको जनजिवन प्रभावित बनेपछि बाराका सम्पूर्ण बिद्यालय एक साताका लागि बन्द गरिएका छन् ।

तराईमा दिन प्रति दिन गर्मी बढे पछि पठन–पाठनमा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला शिक्षा समन्वय समितिको बैठकले असारको पहिलो साता सम्मका बिद्यालयको बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लामा यस वर्ष कै अत्यधिक गर्मि महसुस गरिएको छ । सिमरा विमानस्थलमा राखिएको ताप मापन यन्त्रमा तीन दिन यता यस वर्ष कै सबै भन्दा बढी ४० डिग्री ताप मापन गरिएको छ ।

अत्यधिक गर्मीका कारण सर्वसाधारणको जनजिवन प्रभावित बनेको छ । अत्यधिक गर्मिका कारण व्यापार व्यावसायमा समेत मन्दी देखिएको छ ।