दुर्गम बस्तीमा पहिलो पटक शहरी स्वास्थ्य केन्द्र स्थापना

बाग्लुङको ढोरपाटन नगरपालिकाको वडा नम्बर ४ खुङ्गा, लुकुरवनमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ ।

नगरपालिका क्षेत्रमा रहेपनि भौगलिक हिसाबले विकट क्षेत्रका जनतालाई स्वास्थ्य सेवा लिन ३/४ घण्टाको समय लगाएर खुङ्गा जानुपर्ने बाध्यता रहेको खुङ्गाको लुकुरवन, फलामखानी आसपासका स्थानीयलाई लक्षित गरि उक्त केन्द्रको स्थापना गरिएको हो ।

प्रदेश सरकारबाट विनियोजित १६ लाख २२ हजार तथा नगरपालिकाको २५ प्रतिशत समानिकरण बजेट गरि करिव २२ लाखको लागतमा आगामी आर्थिक वर्षमा सुविधा सम्पन्न ३ कोठे भवनबाट स्वास्थ्य सेवा प्रवाह हुने वडा नम्बर ४ का वडा अध्यक्ष तिलक पुनले बताए ।

अहिले तत्कालका लागि १ जना अहेव र १ जना अनमी गरि दुई जना स्वास्थ्यकर्मीबाट सेवा प्रवाह भएको जानाकारी गराउँदै उनले आगामी दिनमा बर्थिङ सेन्टर सहितको अत्याधुनिक ल्याव सेवा समेत प्रदान हुनेगरि वडा समितिले त्यसको व्यवस्थापनमा ध्यान दिने बताए । ३÷४ घण्टको पैदल यात्राबाट स्वास्थ्य चौकी जाने चुनौति अब हटेको भन्दै स्थानिय खुसि भएका छन् ।