समाज

युवतीको फेक आईडीबाट प्रेमजालमा परेर सैनिकले गुमाए चार लाख बढी

सामाजिक सञ्जाल फेसबुकबाट प्रेममा परेर एक सैनिक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् । दोलखा सैलुङ–५ का हरिबहादुर कार्की २३ वर्षीया कल्पना बस्नेत भुजेलबाट उक्त रकम हुन्ठगिएका हुन् । महानगरीय अपराध महाशाखाका अनुसार उनले फेसबुकमा भुजेलले अर्कै युवतीको फोटो राखी बनाएको ‘फेक आइडी’बाट कार्कीलाई प्रेमजालमा परेकी थिइन् । आफ्नो ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्ने भन्दै उनले कार्कीसँग पटक–पटक गरी साढे चार लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ । महाशाखा प्रमुख… पुरा पढौ

फेसबुकमा चिनजान, गर्भवती बनाएर गायव !

सामाजिक सञ्जालमा चिनजान भएको व्यक्तिलाई विश्वास गर्दा १७ वर्षीया एक किशोरी बलात्कारमा परेकी छन् । बलात्कारबाट उनी गर्भवती समेत भएकी छन् । उनको गर्भ सात महिना पुगिसकेको छ । घटनाक्रमअनुसार फेसबुकका साथीले गत मंसिरमा भेट्नुपर्ने अड्डी कसे । ती युवक थिए, धादिङ नौबिसे–७ का विजय तामाङ । उनले मरिहत्ते गरेपछि किशोरी भेट्न गइन् । भेटेपछि उनले आफ्नो कोठा देखाउँछु भन्न थाले । बालिकालाई उनले ठैंबस्थित कोठामा पु¥याए । उनले कोठामै… पुरा पढौ

प्रहरी चौकी प्रमुखले नै बलात्कार गर्न खोजेपछि…

ओखलढुङ्गामा कार्यरत एक प्रहरीले महिलालाई यौन प्रस्ताव राखेको आरोपमा स्थानीयले चौकी घेराउ गरेका छन् । श्रीचौर प्रहरी चौकीका प्रमुख समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) प्रशुराम विश्वकर्माले एक महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले आइतबार राति प्रहरी चौकी घेरेका हुन् । मदिरा सेवन गरेर अचेत अवस्थामा पुगेका असई विश्वकर्माले स्थानीय एक होटलमा आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै महिला चिच्याएपछि स्थानीय आक्रोशित भएका थिए । प्रहरीले संवेदनशिल अङ्गमा समातेर यौन सम्पर्कका… पुरा पढौ

बालविवाह रोक्न ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह न्यूनीकरणका लागि टीकापुर नगरपालिकाले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम ल्याउने भएको छ । नगरपालिकाले आउँदो साउन १ गतेपछि नगरपालिकाभित्र जन्मिएका प्रत्येक छोरीको बैंक खाता खोली बार्षिक एक हजार रकम उपलब्ध गराइने उल्लेख हो । तर उक्त रकम २० वर्षअघि विवाह गर्ने छोरीलाई उपलब्ध नगराइने व्यवस्था नीति तथा कार्यक्रममा गरिएको छ । छाउपडीमुक्त नगरपालिका घोषणाका लागि महिला हिंसा, छुवाछुत, अन्धविश्वास, कुप्रथालगायत गलत प्रचलन तथा प्रवृति अन्त्यका लागि पनि विशेष कार्यक्रम… पुरा पढौ

गाउँमा ४२ टन मह उत्पादन भएपछि कृषक मख्खै

जनजाति बाहुल्यता रहेको पूर्वी चितवनको राप्ती नगरपालिका–११ थाकलटारस्थित ग्रामीण बस्तीमा यो वर्ष ४२ टन मह उत्पादन भएको छ । उक्त बस्तीका ५७ घरपरिवारले गदै आएको मौरीपालन व्यावसायिकबाट यसवर्ष ४२ टन महा उत्पादन भएको हो । थाकलटार मौरीपालन, तरकारी र च्याउ उत्पादन बहुउद्देश्यीय कृषक समूहका सचिव धर्मराज लामाका अनुसार एक परिवारले २० देखि तीन सय घारसम्म मौरी पालेका छन् । त्यहाँ चिउरीको मह उत्पादन हुने भएकाले डाबर नेपाल, पतञ्जलि र स्थानीय… पुरा पढौ

दुई युवती सामूहिक बलात्कारको शिकार बने

रुपन्देहीमा दुई युवती सामूहिक बलात्कारको शिकार भएका छन् । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको भएपनि पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ भने अर्का अरोपी विष्णु थारुसहित अन्य व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । पक्राउ परेका ज्ञवालीलाई… पुरा पढौ

उपमहानगरपालिकाको सहयोगमा मगर भाषा र लिपिको पढाई शुरु

तुलसीपुर उपमहानगरपालिका–१ स्थित वीरेन्द्र मावि भ्युडहर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालन भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा मगर भाषा कक्षा पढाउन शुरु गरिएको हो । नेपाल मगर सङ्घ तुलसीपुर–१ ले संस्कृति संरक्षणका लागि मगर भाषा कक्षा पढाइ शुरु गरेको सचिव हिमाल थापाले बताए । उनका अनुसार पछिल्लो समय मगर संस्कृति, भाषा, लिपि, भेषभूषा हराउँदै गएको र यसलाई जोगाउन मगर भाषा कक्षा सञ्चालन गरिएको हो । उक्त कक्षाबाट विद्यालयमा अध्ययन… पुरा पढौ

मदिरा सेवन गरी घरमा आगजनी गर्दा श्रीमतीको जलेर मृत्यु

दार्चुला नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गर्दा श्रीमतीको जलेर मृत्यु भएको छ । अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनका श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको हो । शनिबार राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग झगडा गरेका थिए । घरमा आएर झगडा गरेपछि पूरै परिवार घर छाडेर जङ्गल भागेको… पुरा पढौ

आधा बर्षमा ४६ आपराधिक घटना

बागलुङ जिल्लामा छ महीनामा आपराधिक र मानवअधिकार उल्लङ्घनका ४६ घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० बागलुङको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उक्त तथ्य सार्वजनिक भएको हो । सबैभन्दा बढी घरेलु हिंसाका २१ घटना छन् । जसमध्ये ११ घटना मिलापत्रमा टुङ्गिएका छन् । तीन घटना अदालत पुगेको र बाँकी प्रक्रियामा छन् । इन्सेकद्वारा सार्वजनिक विवरणमा जबर्जस्ती करणीका सात र करणी उद्योगका नौ घटना भएका छन् । राजनीतिक अधिकारसम्बन्धी एक, धम्की… पुरा पढौ

दारी ग्याङले झिक्यो फेवातालको जलकुम्भी

दारी ग्याङ पोखराका टोलीले शनिवार फेवाताल सरसफाई गरेको छ । फेवातालमा हाल मेसिनमार्फत सरसफाई हुने गरे पनि मेसिन नपुग्ने ठाउँमा दारी ग्याङले सफाई कार्यक्रम गरेको हो । कार्यक्रम वडा न ६ का जनप्रतिनिधि हरि पहारीको प्रमुख आतिथ्यतामा राष्ट्रिय गान गाएर तथा दारी ग्याङका संयोजक वसन्त पहारीद्वारा दारी ग्याङकै क्रियाशिल सदस्य महेन्द्र पहारीलाई जलकुम्भी झार प्रदान गरी कार्यक्रमको सुरुवात गरिएको थियो । सामाजिक संजालद्वारा स्थापित उक्त समूहले यसअघि पनि अन्य विभिन्न… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं