युवतीको फेक आईडीबाट प्रेमजालमा परेर सैनिकले गुमाए चार लाख बढी

सामाजिक सञ्जाल फेसबुकबाट प्रेममा परेर एक सैनिक जवानले साढे चार लाख रुपैयाँ गुमाएका छन् ।

दोलखा सैलुङ–५ का हरिबहादुर कार्की २३ वर्षीया कल्पना बस्नेत भुजेलबाट उक्त रकम हुन्ठगिएका हुन् ।

महानगरीय अपराध महाशाखाका अनुसार उनले फेसबुकमा भुजेलले अर्कै युवतीको फोटो राखी बनाएको ‘फेक आइडी’बाट कार्कीलाई प्रेमजालमा परेकी थिइन् । आफ्नो ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्ने भन्दै उनले कार्कीसँग पटक–पटक गरी साढे चार लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार युवतीले चलाखीपूर्ण ढंगले कार्कीसँग रकम लिएको खुलेको बताए । दुवै एकै ठाउँका तर विवाहित भुजेल बालकोटमा बस्ने गरेको जनाईएको छ ।