समाज

दशनामी युवा समितिको लागुऔषध सचेतना

नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा नेपाल दशनामी युवा समिति कास्कीको सहकार्यमा लागुऔषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्तम गरिएको छ । प्रशिक्षणमा देशभरिका दशनामी युवा सहभागी थिए । सोही अवसरमा दशनामी संस्कार सम्बन्धी पनि प्रशिक्षण दिइएको थियो । कार्यक्रममा कम्यूनिटी सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दिलिप गुरुङ, लागुऔषध नियन्त्रण ब्यूरो पोखराका प्रमुख तथा इन्स्पेक्टर टेकबहादुर रावत र नेपाल दशनामी समाजका केन्द्रीय सदस्य तुलसी गिरी प्रशिक्षकको रुपमा थिए । कार्यक्रममा… पुरा पढौ

कपडा व्यवसायी एशोसिएशनको रक्तदान, ३१ युनिट रगत संकलन

कपडा व्यवसायी एशोसिएशन कास्कीले शनिबार रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । संस्थाको यो वार्षिक नियमित कार्यक्रम हो । पहिलो रक्तदाता एशोसिएशनका कोषाध्यक्ष पोषराज पौडेललाई ब्लड व्याग हस्तान्तरण गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले कपडा व्यवसायी एशोसिएसनले सामाजिक क्षेत्रमा खेलेको भूमिका निकै सह्रानीय भएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले संघको प्रत्येक गतिविधिमा एशोसिएसनको सहयोग र भूमिका महत्वपूर्ण रहेको भन्दै… पुरा पढौ

बेपत्ताको पुत्ला बनाएर अन्तिम संस्कार

कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीलगायत बेपत्ता सबैको शव नभेटिएपछि पुत्ला बनाएर बिहीबार दाहसंस्कार गरिएको छ । गत मङ्गलबार (असार ३ गते) खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा महेन्द्र बोलेर जिप खस्दा उपाध्यक्ष शाहीसहित ११ बेपत्ता भएका थिए । बुधबार अपराह्न १ः३० बजेदेखि घटनास्थलमा पुगेको गोताखोरको टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि शव नभेटिएपछि हिन्दू धर्मअनुसार आफन्तले बेपत्ता भएका खार्पुनाथ… पुरा पढौ

आमा समुहको सक्रियताले भलाममा बहुउदेशयीय भवन खडा

पोखरा महानगरपालि वडा न-२० भलाममा आमा समुहको सक्रियतामा बहुउदेशयीय भवन निर्माण भएको छ । भलामस्थित हरिहर भक्ति आमा समूहको सक्रियतामा ४० लाखको लागतमा आयमुलक सीप विकास गर्नको लागि उक्त भवन निर्माण गरिएको हो । भवन निर्माणले सीपमुलक तालिम सञ्चालन, गाउँमा हुने विभिन्न कार्यक्रम र सभा गर्न सहज हुने र समूदायको हितमा सदुपयोग हुने आमा समूहका अध्यक्ष सरस्वती गौतमले बताईन् । नवनिर्मित भवनको उद्धघाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य कुमार खड्काले… पुरा पढौ

ठुलो परिणाममा लागुऔषधसहित दुई जना पक्राउ

ठूलो परिमाणमा लागुऔषधसहित पश्चिम नवलपरासी प्रहरीले दुईलाई पक्राउ गरेको छ । प्रहरी चौकी गेरमीबाट खटिएको प्रहरी टोलीले चमनटोलस्थित भारतीय सीमाक्षेत्रबाट रामग्र्राम नगरपालिका–३ बस्ने वर्ष २५ को लक्षु लोहार र रामग्राम–८ बस्ने वर्ष ३८ का राकेशकुमार भन्ने बुद्ध देवदत्तलाई पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार उनीहरुको साथबाट डाइजोपाम, फेनरागन र बुप्रेनोफ्रिन दुई/दुई एमएलको १००-१०० एम्पुल गरी कूल ३०० एम्पुल लागुऔषध बरामद भएको हो ।… पुरा पढौ

दिदीकै योजनामा बहिनी बलात्कृत !

मोरङकी १९ वर्षीया युवती पारिवारिक नाताभित्रकै दिदीको ‘योजना’ मा बलात्कृत भएको रहस्य खुलेको छ । पथरीशनिश्चरे नगरपालिका–५ की २२ वर्षीया अञ्जना थापाले पारिवारिक नाताभित्रकै बहिनीलाई मोरङको केराबारी गाउँपालिकास्थित गुराँस होटलमा पुर्‍याएर अपरिचित व्यक्तिलाई बलात्कार गर्ने वातावरण मिलाएको आरोपसहित प्रहरीमा उजुरी परेको छ । घटनाको अनुसन्धानबाट अञ्जनाले आफ्ना प्रेमी सुन्दरहरैंचा नगरपालिका–१२ का ३९ वर्षीय सञ्जिवकुमार शंकरको आग्रहमा यो घटना गराएको देखिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिएका… पुरा पढौ

‘गरीबको घरमा त सहयोग गर्ने संघसंस्था पनि आउँदैनन्’

संस्कृतमा एउटा शुक्ति (भनाइ) छ : ‘विभूक्षितं किं नकरोति पापम्’ अर्थात् ‘भोको मानिसले कुन पाप गर्दैन र ? सबै किसिमका पाप कर्म गर्छ ।’ संस्कृतको यो शुक्तिलाई म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोट फापरखेतका न्यून दृष्टियुक्त व्यक्ति आइतबहादुर दर्जीको परिश्रमले भने पुर्नलेखन गर्नुपर्ने बनाइदिएको छ । जन्मजातरुपमा दुवै आँखा नदेख्ने ५६ वर्षीय दर्जीले आफ्नो र परिवारको पेट भर्न र जीउ ढाक्न पापकर्म गरेर होइन आफ्नै बलबुताले परिश्रम गरेर समाजका लागिसमेत उदाहरणीय बनेका… पुरा पढौ

छोराले जलाइदिए आमाको घर

बिहिवार दिउँसो रुपन्देहीको सैनामैना नगरपालिकामा आफ्नै छोराले आमा बस्ने घर जलाइदिएका छन् । सो नगरपालिका–१ की  कुन्तादेवी घिमिरेको घर उनकै माईला छोरा माधव घिमिरेले जलाएर नष्ट  पारिदिएका हुन् । घिमिरेको घर जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको सैनामैना प्रहरी चौकी प्रमुख प्रहरी नावय निरीक्षक बाबुराम घिमिरेले बताए । माईला छोरा माधवले आमा र दाजु भाउजु बस्ने टिनले छाएको माटाको एक तले घर घरयासी रिसइवीका कारण जलाइएको सई घिमिरेको… पुरा पढौ

युवतीहरूमाथि लगातार ‘सिरिन्ज’ आक्रमण

पछिल्लो डेढ महिनामा काठमाडौंमा लगातार रुपमा युवतीमाथी ‘सिरिन्ज’ आक्रमणका कार्यहरु भैरहेका छन् । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका हुन्। सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए । एचआइभी तथा हेपाटाइटिस बी र सी संक्रमित सिरिन्ज प्रहार गरिएको हुन सक्ने चिकित्सकहरूको आशंका छ । तर, उनीहरूमा यी रोग संक्रमण भए–नभएको… पुरा पढौ

जंगलमा पैसा लुटेर युवतीको हत्या

पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा मंगलबार हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ । पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत कर्मचारी सुजाता तामाङको साथमा रहेको रु ७८ हजार ५०० लुटेर उनको हत्या गरिएको अनुसन्धानमा फेला परेको हो । उक्त माइक्रो फाइनान्सद्वारा सञ्चालित दुई समूहको मासिक बैठक सकेर जोरपोखरी फर्कदै गरेकी तामाङलाई जङ्गलको बीचमा रहेको गोरेटो बाटोमा धारिलो हतियार प्रहार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं