ताजा समाचार

असार ७ गते २०७६

दशनामी युवा समितिको लागुऔषध सचेतना

नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा नेपाल दशनामी युवा समिति कास्कीको सहकार्यमा लागुऔषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्तम गरिएको छ ।

प्रशिक्षणमा देशभरिका दशनामी युवा सहभागी थिए । सोही अवसरमा दशनामी संस्कार सम्बन्धी पनि प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा कम्यूनिटी सपोर्ट ग्रुपका कार्यकारी निर्देशक दिलिप गुरुङ, लागुऔषध नियन्त्रण ब्यूरो पोखराका प्रमुख तथा इन्स्पेक्टर टेकबहादुर रावत र नेपाल दशनामी समाजका केन्द्रीय सदस्य तुलसी गिरी प्रशिक्षकको रुपमा थिए ।

कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तारा गिरीले लागुऔषध सम्बन्धी सचेतनाका लागि यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले युवा लक्षित कार्यक्रम ल्याएको भन्दै खुशी ब्यक्त गरे ।

नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाजकी उपाध्यक्ष सरस्वती गिरी, नेपाल दशनामी समाजका सचिव तथा युवा संयोजक अशोक गिरी, केन्द्रीय सदस्य गोपाल गिरी, नेपाल दशनामी समाज गण्डकी अध्यक्ष ईश्वर गिरी, नेपाल दशनामी समाज महिला समिति केन्द्रीय उपाध्यक्ष शारदा गिरी, नेपाल दशनामी समाज कास्कीका अध्यक्ष जगतमोहन गिरी लगायतले बोलेका थिए ।

कार्यक्रममा स्वागत नेपाल दशनामी युवा समिति अध्यक्ष किसन गिरी र संचालन नेपाल दशनामी युवा समिति गण्डकी सचिव मनोज गिरीले गरेका थिए ।